• १३ साउन २०८१, आइतबार

स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत

blog

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गर्नुहुँदै ।

काठमाडौं, फागुन १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत गरेको छ ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो । मन्त्री बस्नेतले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुलाका सिनियर अनमी बबिता विष्ट प्रदान गर्नुभएको छ । अनमी विष्टले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, सुर्खेत अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.केशर बहादुर ढकाल, कालिकोटका सिअहेव, दीर्घ बहादुर नेपाली, बाराकी सिअनमी किरण कुमारी र फार्मेसी निरीक्षक सुश्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । उहाँहरूले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ  ।

मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवस मनाउर्दै आएको छ । यस वर्षपनि दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी स्वास्थ्य सेवा दिवस मनाएको छ ।