• १३ असोज २०८१, आइतबार

त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नामिबियासँग पराजित

blog

नेपाललाई हराएपछि नामिबियाका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौँ, फागुन १५ गते । नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा जितका लागि दुई सय सात रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८६ रन बनाएको थियो ।


नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुलशन झाले १२ रन बनाउनुभयो । बलिङमा नामिबियाका रुवेन ट्रम्पलम्यानले चार विकेट लिनुभयो । बर्नाल्ड स्कल्ज, जान फ्रायलिङ्क र जान निकोलले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पिहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । नामिाबियाका लागि जान निकोल लोफ्टी इएटनले कीर्तिमानी शतक प्रहार गर्नुभयो । उहाँले एक सय एक रन बनाउनुभयो । 


उहाँले ३३ बलमै शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने नयाँ कीर्तिमान बनाउनुभएको हो । यसअघि यस कीर्तिमान नेपालका कुशल मल्लको नाममा थियो । मल्लले १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा कीर्तिमान रच्नुभएको थियो । 

यस्तै मलान क्रुगर अविजित ५९ र माइकल भान लिङ्गेलले २० रन बनाउनुभयो । बलिङमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले दुई तथा करण केसी र अविनाश बोहराले एक एक विकेट लिनुभयो ।