लीलाधर वली
घोराही, फागुन १६ गते । दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधवार विहान गाडी मोड्ने क्रममा रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका-४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसीले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार सिमेन्ट उद्योगभित्र रहेको पेट्राेल पम्पमा तेल हाल्ने क्रममा टिप्परले ठक्कर दिँदा शर्माको मृत्यु भएको हो । प्रहरी उपरिक्षक शर्माका अनुसार टिप्परको ठक्करबाट गम्भीर घाइते शर्माको घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने टिप्पर चालक ३० वर्षीय वसन्त जिएमलाई नियन्तत्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक केसीले बताउनुभयो ।
प्रहरी उपरिक्षक केसीले भन्नुभयो, "सिमेन्ट उद्योगभित्र भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।" मृतकका आफन्तले दुर्घटनामा लापरवाही भएको भन्दै दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको माग राखेर सिमेन्ट उद्योगको गेटमा नाराबाजी गरेका छन् ।