काठमाडौं, फागुन १५ गते । प्रहरीले नयाँबानेश्वरको सङ्घीय संसद् भवन र सिंहदरबार अगाडिको फुटपाथलाई निषेधित क्षेत्र तोकेको छ ।
हिजो (मङ्गलबार) लघु वित्त सहकारी पीडितहरूले संसद् भवनमा प्रवेश गरी प्रदर्शनी गरेसँगै बुधबार संसद् भवन र सिंहदरबार अगाडिको फुटपाथलाई क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो ।
सिंहदरबारको पर्खालसँगको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ भने सङ्घीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र तोकेको छ । जसका कारण फुटपाथमा हिँड्ने पैदल यात्रुलाई समस्या भएको छ ।
साथै सिंहदरबार र बानेश्वरका फुटपाथमा धेरै प्रहरी परिचालन गरिएको छ । उनीहरूले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् ।