• १३ असोज २०८१, आइतबार

नविता टोयोटाको सद्भावना दूत

blog

नविता श्रेष्ठ ।

काठमाडौँ, फागुन १५ गते । नौ पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिस खेलाडी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त हुनुभएको छ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताबिच सम्झौता गरिएको छ । सम्झौता एक वर्षको रहेको छ ।

सम्झौता अनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिनुहुनेछ । नविताले टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउँदै आफूले टोयोटासँग मिलेर महिला सशक्तीकरणमा काम गर्ने पनि बताउनुभयो । टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार कम्पनी हो ।