• १६ वैशाख २०८१, आइतबार

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : अध्यक्ष ओली

blog

एमाले अध्यक्ष ओली वरिष्ठ गायक तथा सङ्गीतकार स्व. भक्तराज आचार्यको पार्थिव शरीरमा मङ्गलबार श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । तस्बिर : नारायण ढुङ्गाना/रासस

काठमाडौं, फागुन १५ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मङ्गलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली साङ्गीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताउनुभयो । उहाँले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘‘नेपाली साङ्गीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र सङ्गीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनु हुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो ।’’

अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र सङ्गीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनुभएको बताउनुभयो ।