• १८ वैशाख २०८२, बिहिबार

दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि खुल्ने

blog

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डअन्तर्गत मकवानपुरतर्फ हुँदै गरेको सडक निर्माणको काम । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, फागुन १५ गते ।
मकवानपुर हुँदै काठमाडौं जोड्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडक खण्ड बुधबारबाट सुचारु हुने भएको छ ।

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको कार्य हुँदै आएको छ । उक्त सडकखण्डको मकवानपुरतर्फ कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ सडकसडक मर्मत, निर्माण तथा स्तरोन्नतिको क्रममा गत पुस १६ गतेदेखि दुई महिनाका लागि बन्द गरिएको गरिएको थियो । बन्द सडकखण्ड बुधबारबाट सुचारु गर्न लागेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेको बताउनुहुँदै कार्यलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न पुस १६ गतेदेखि दुई महिनाका लागि अर्थात् आजसम्मका लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्णरुपमा आवतजावत बन्द गरिएकोमा भोलिबाट सुचारु गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले उक्त सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या एवम् होटेल व्यावसायी र सडकलाई लक्षित गरी सञ्चालित अन्य व्यावसायीहरुको असुविधालाई दृष्टिगत गरी कुलेखानी फाखेल हुमानेखण्ड सुचारु गरिएको बताउनुभयो ।