• ३ जेठ २०८३, आइतबार

बिरामी हैन गाँजा बोक्ने एम्बुलेन्स

blog

कोकिला भण्डारी

धनकुटा, फागुन १५ गते ।  एम्बुलेन्सले यति बेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ । सोमबार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेलापरेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ । 

५२ वटा प्लास्टिकको प्याकेटमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिनुभयो। झापास्थित हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स नोबेल अस्पताल विराटनगरदेखि साँगुरीगढी गाउँपालिका ३ मा बिरामी लिएर आएको अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।