• १६ वैशाख २०८१, आइतबार

दुर्घटनामा एकको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, फागुन १४ गते । झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमवार साँझ ६.३० बजेको समयमा कनकाई नगरपालिका ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदैगरेको मे. १ त ११५१ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदैगरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय सागर मिश्रको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदा बाटोमै मृत्यु भइसकेको थियो । ट्रयाक्टर र ट्याक्टर चालक बिर्तामोड ४ बस्ने ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुडिराज गिरीले बताउनुभयो ।