• १२ साउन २०८१, शनिबार

संसद् परिसरमै लघुवित्त ऋणीको विरोध प्रदर्शन

blog

सङ्घीय संसद भवन नयाँबानेश्वरमा आन्दोलन गर्दै लघुवित्त सहकारी पीडित । तस्बिर : सुजन गुरुङ

काठमाडौं, फागुन १४ गते । लघुवित्त ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौँमा आन्दोलन गर्न आएका ऋणीहरू सोमबार संसद् भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् ।

सरकारले सङ्घीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरूले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।