• १४ मंसिर २०८१, शुक्रबार

लासलाई भिजेर जल्नु पर्ने बाध्यता

blog

पानीले भिज्दै सब जलाउँदै मलामी र ढुङ्गाको चेप तथा त्रिपाल टाँगेर बस्दै मृतकका परिवार । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन १४ गते । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गम स्थल राम नदी धार्मिक पर्यटकीय हिसाबले परिचित रहेको छ । गल्याङ नगरपालिका १ स्याङ्जा र बगनासकाली गाउँपालिका ५ रहेको छ रामनदी  धाम ।  

राम नदी धार्मिक पर्यटकीय हिसाबले जति प्रख्यात छ, त्यो भन्दा बढी शबदाहको लागि समेत परिचित रहेको छ । शबदाहको लागि दैनिक खाली नरहने यहाँ व्यवस्थित शबदाह गृहको नुहदाँ सबैको ठुलो समस्या बनेको छ । पाल्पा क्षेत्रमा सामान्य सवदाह गर्ने ठाउँ बनाउने प्रयास गरेर पनि  स्याङ्जा क्षेत्रमा कुनै प्रयास हुन नसकेको हो । कालिगण्डकीको किनारमा गरिने शबदाह पानी पर्दा वा वर्षामा भने भिजी÷भिजी र सब नै भिजाएर जलाउनु पने बाध्यता रहेको छ । 

पुतली बजार नगरपालिका १ का नवीन अर्यालले सबै क्षेत्रबाट परिचित राम नदीमा सब दाहको समस्या रहेको र बनाउन सबैको चासो जानुपर्ने बताउनुभयो । उहाँले हजुर आमाको दाहसंस्कारको लागि राम नदीमा पानी परेको र भिजेर भए पनि वैदिक कर्म गर्नु परेको बताउनुभयो । सामान्य बनाएको बाटो समेत वर्षाको बाढीले बगाएको बताउँदै अर्यालले उचित व्यवस्थापन नहुँदा दाहसंस्कारका कारण काल गण्डकी छेउ समेत दुर्गन्धित रहेको बताउनुभयो । यहाँ पानीले आगो निभेपछि जलाउँदै गरेको सब गण्डकीमै यसै छाडेर हिँड्नुपर्ने बाध्यता मलामीलाई रहेको छ । 

राामनदी घाटको व्यवस्थापन यहाँको संस्कृत गुरुकुलले जिम्मेवारी लिएर काम गरेको बताउँदै गुरुकुलका प्रमुख कृष्ण बस्यालले सबै क्षेत्रबाट ध्यान नपुगेको बताउनुभयो । विगतमा थोरै सब दाहको लागि ल्याउने गरेको बताउँदै बस्यालले यहाँ वैदिक संस्कार गरे मुक्ति पाउने हिसाबले बढ्दै गएको बताउनुभयो । 

अहिलेको घाट भन्दा २५ मिटर उत्तर तर्फ उचाइमा रहेको ढुङ्गालाई आधार बनाएर शबदाह गृह बनाउनुपर्ने र गण्डकी जति ठुलो भएर आए पनि केही नहुने बस्यालको भनाई थियो । शबदाह स्थलको व्यवस्थित नहुदाँ यहाँ आउने आफन्त गुमाएका परिवार र मलामी नदी नजिकै रहेका ढुङ्गाको चेप र त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता रहेको छ । यहाँ गत वर्ष ९६१ वटा सब घाटमा जलाइएको बताउँदै बस्यालले यस आर्थिक वर्षमा ६५३ वटा शबदाहस्कार गरेको बताउनुभयो । 

घाटमा बार्षिक यो भन्दा बढी दाहसंस्कार हुने गरेको र धार्मिक परम्परा अनुसार जमिनमुनि गाड्नेको सङ्ख्याको तथ्याङ्क यहाँ नरहेको हो । यहाँ स्याङ्जाका भिर कोट, गल्याङ, पुतली बजार, वालिङ नगरपालिका र काल गण्डकी, तथा अर्जुन चौपारी गाउँपालिकाबाट मुख्य गरेर सब दाहको लागि आउने गर्दछन् भने स्याङ्जाबाट बसाई सरेर पाल्पा र रुपन्देही पुगेकाले पनि ल्याउने गर्दछन् ।