शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजु लामिछाने
रुकुमपश्चिम, कात्तिक ५ गते । दिदीभाइबिचको बिशेष वर्ष भाइटीकाको अघिल्लो दिन रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।
स्थानीय कपिलदेव शर्माका १९ वर्षीय छोरा केदार शर्माको बुधबार बेलुका मृत्यु भएको हो । मुसीकोट नगरपालिका ४ कै मुग्लुखोलामा पौडी खेल्ने क्रममा शर्माको डुबेर मृत्यु भएको उहाँका नातेदार सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार केदार घरका एक मात्र छोरा हुन् । कक्षा १२ मा अध्ययनरत उनी तिहार मनाउन काठमाडौबाट आएका थिए । उनका तीन दिदीबहिनी छन् । भाइटीकाको तयारी गरिरहेका बेला दिदिबहिनीहरु भाइको निधनले विक्षिप्त भएका छन् ।
शर्माको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरेर घरमा ल्याइएको छ । भाइटीकाकै दिन उनको अन्त्येष्टि हुने बताइएको छ ।