• ५ कात्तिक २०८२, बुधबार

कलाकारसँग प्रधानमन्त्री कार्कीको छलफल

blog

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा सहभागी कलाकार। तस्बिर: प्रदीप राज वन्त\रासस

काठमाडौँ, कात्तिक ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार कलाकारसँग सामूहिक छलफल गर्नुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीले कलाकारसँग छलफल गर्नुभएको हो । 

प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा नेपाली चलचित्र र संगीत क्षेत्रका कलाकारको उपस्थिति थियो ।  छलफलमा विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, ऋचा शर्मा, बिपिन कार्कीलगायत कलाकारको उपस्थिति थियो ।