• ६ कात्तिक २०८२, बिहिबार

वडा कार्यालयमा तोडफोड गर्ने दुई जना पक्राउ

blog

फिदिम नगरपालिका–११ को कार्यालय भवन । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, कात्तिक ५ गते। पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११ को कार्यालय तोडफोड गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा फिदिम नगरपालिका-११ का २८ वर्षीय वीरवल शङ्कर ३१ वर्षीय भीम सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

उनीहरुले मङ्गलबार राति कार्यालयको झ्यालको सिसा फुटाएर कार्यालयमा क्षति पुर्‍याएको प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको कर्णले बताउनुभयो।