• १२ साउन २०८१, शनिबार

पूर्व खेलाडीहरु सम्मानित

blog

सम्मानित पूर्व खेलाडी र खेल व्यक्तित्वहरू ।

काठमाडौँ, फागुन १३ गते । भेट्रान खेलाडीहरूको छाता सङ्गठन नेपाल मास्टर्स एथलिट एसोसिएसनले खेलकुद विकासमा विशिष्ट योगदान गरेका पूर्व खेलाडी तथा खेल व्यक्तित्वलाई सम्मान गरेको छ ।

सङ्गठनले आइतबार टेबलटेनिसका कवि केशरी बस्नेत र वाईपी लोहनी, फुटबलका डा. खगेन्द्रबहादुर श्रेष्ठ, श्याम केसी, खेलकुद फोटो पत्रकार श्याम चित्रकार र विश्व प्रकाश थापा, महिला एथलेटिक्स खेलाडी डा. कोकिला वैद्य र बक्सिङ्गका नरबहादुर थापालाई सम्मान गरेको हो । 

खेलाडीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले कदर पत्र र दोसल्लाबाट सम्मान गर्नुभएको थियो ।