• १२ साउन २०८१, शनिबार

फरार तीन प्रतिवादी पक्राउ

blog

अविनाश चौधरी

धनगढी, फागुन १३ गते । कञ्चनपुर प्रहरीले फरार रहेका तीन जना कसुरदारलाई पक्राउ गरेको छ । विभिन्न समयमा जिल्ला अदालतले फैसला सुनाइ कसुरदार ठहर गरेपछि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बैङ्किङ कसुरका सिद्धराज जोशी, नदी उकास राष्ट्रिय वन क्षेत्र अवैध रूपमा खनजोत कसुरका एकहुते भन्ने खेम खुना र लागूऔषध कसुरका पृथ्वी राना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुई जनालाई सामान्य जरिवाना गरिएकोमा अदालतले बैङ्किङ कसुरका जोशीलाई छ लाख ७१ हजार रुपियाँ जरिवाना र तीन दिन कैद सजाय फैसला सुनाएको छ । उनीहरूलाई कञ्चनपुरबाटै पक्राउ गरिएको हो ।