बाबुराम कार्की
वराहक्षेत्र, फागुन १३ गते । जीव जनावर, जङ्गल, जनता र जनप्रतिनिधि भन्ने नारासहित प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हात्ती प्रभावित क्षेत्रको पैदल यात्रामा निस्कनुभएको छ । मुख्यमन्त्री कार्की पैदल यात्राको पाँचौँ दिन सुनसरीका हात्ती प्रभावित क्षेत्रका जनतासँग साक्षात्कार गर्दै प्रभावित क्षेत्रको पैदल यात्रा हुनुहुन्छ ।
हात्ती प्रभावित क्षेत्रको पैदल यात्रा क्रममा पाँचौँ दिन मुख्यमन्त्री कार्की बिहान सात बजे सुनसरीको हात्तीदह हुँदै पैदल यात्रा सुरु गर्नुभएको हो । मन्त्री कार्कीको टोली कोशी राजमार्गको पानीपिया, सेउती खोला, शङ्करबेली हुँदै अमाह सिमसारको हात्ती प्रभावित क्षेत्र पुग्ने कार्यपालिका रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले जानकारी दिनुभयो ।
जङ्गल तथा आसपासका हात्ती प्रभावित क्षेत्रका बासिन्दासँग साक्षात्कार गर्दै मुख्यमन्त्री कार्की सहितको पैदल यात्राको टोली आजै (आइतबार) वराहक्षेत्रको कालिन्द्र सामुदायिक वन हुँदै नडाहा सब डिभिजन, चतरा, राजावास, प्रकाशपुर र श्रीलङ्का टापुबाट भाकलपुरमा बास बस्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल भारत सीमाको मेचीनगर नगरपालिका वडा नम्बर ४ बाट यात्रा सुरु गर्नुभएका मुख्यमन्त्री कार्की शनिवार मोरङको सामुदायिक वन र हात्ती प्रभावित बस्ती हुँदै अबेर राति सुनसरी प्रवेश गर्नुभएको थियो । जनताको समस्यालाई नजिकबाट बुझ्न र समस्या समाधानका लागि आवश्यक कार्यक्रम बनाउनका लागि मुख्यमन्त्री कार्कीले झापादेखि उदयपुरसम्मको २४३ किलोमिटर पैदल यात्राको क्रममा रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जङ्गली जनावरका कारण पीडा भोगेका जनताका कुरा सुन्न, छलफल गर्न र समाधानको बाटो खोज्न कार्कीले पैदल यात्रा गर्नुभएको बताइएको छ । नजिकबाट जनताका कुरा सुन्ने अवसरको रूपमा पैदल यात्रालाई लिएको सुनसरीको हात्ती प्रभावित क्षेत्रमा हिँड्ने क्रममा मुख्यमन्त्री कार्की सो कुरा बताउनुभएको हो ।
कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको पैदल यात्रामा वन जङ्गलसँग सम्बन्धित सरोकारवाला र हात्ती तथा जङ्गली जनावरका जानकारहरू पदयात्रामा रहनुभएको छ ।
अछाम हुँदै झापाको बाहुनडाँगीबाट सर्लाहीसम्म पुग्ने हात्तीहरू आहारा र वासस्थानकै खोजीमा हिँड्दा बर्सेनि झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरी लगायतका तराईका जिल्लामा जङ्गली हात्तीले क्षति पु र्य ाउँदै आएको छ ।