मौलिक संस्कृति ताम्बाको प्रस्तुति
नेपाल तामाङ घेदुङको ६८ औँ स्थापना दिवसका अवसरमा शनिबार मौलिक संस्कृति ताम्बाको प्रस्तुति र सम्मान कार्यक्रमसहित मनाइएको छ । सो कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले छुट्टै, भाषा, लिपि र संस्कार मान्ने तामाङ समुदायलाई सांस्कृतिक प्रवर्धन र अधिकारका लागि एकताबद्ध गर्न सफल भएको बताउनुभयो । घेदुङको सचिव एवं चाडपर्व संयोजक बीना माम्बाले नेपालको जातीय, धार्मिक, भाषिक र संस्कारको विविधता नै यहाँको मौलिक विशेषता हुन् भन्दै पहिले समुदायमा मात्र अभ्यास हुने ल्होसारलगायतका पर्वको प्रवर्धनले सार्वजनिक स्थानमा ठुलो मेलाका रूप लिन थालेको बताउनुभयो । उहाँले बुद्धपूर्णिमा, साहित्य, भाषा, कलाको क्षेत्रमा योगदान दिनु
‘बैङ्किङ प्रणालीमा समस्या छैन’
नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले नेपालका बैङ्कहरू सबल अवस्थामा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिबार बनेपामा आयोजना गरेको एड्भान्स बैङ्किङ तालिम कार्यक्रममा उहाँले बैङ्कहरूसँग पर्याप्त तरल सम्पत्ति रहेकाले कुनै पनि बैङ्क डुब्ने अवस्था नदेखिएको बताउनुभयो ।
नौमुरे परियोजनाको काम धमाधम
प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश गरेको हो । सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ करोड ४३ लाख रुपियाँबाट काम भइरहेको छ । आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले आयोजना क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।
दादुरा–रुबेलाविरुद्धको खोप आजदेखि
देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण नियमित खोप लगाउन छुटेकाले दादुराको प्रकोप देखा परेको बताउनुभयो । उहाँले खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।
भारतीय दूध आयातमा प्रतिबन्धले किसानलाई राहत
कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।
उपचार गर्न नसक्दा खोरमा
उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि अस्पताल लैजान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाकी ३० वर्षीया फुर्दिकु शेर्पा खोरमा थुनिनुपरेको हो ।
गोरखापत्र अनलाइनकर्मी कटवाललाई पितृशोक
गोरखापत्र अनलाइनका डिजाइनर लोकबहादुर कटवाललाई पितृशोक परेको छ । उहाँका पिता शेरबहादुर कटवालको आइतबार राती १: ०० बजे निधन भएको हो । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ४ चानुवा मा रहेको उहाँको निवासमा निधन भएको हो स्वर्गीय कटवालका चार छोरा र एक छोरी हुनुहुन्छ । उहाँ लामो समय देखि अर्बुद रोग (क्यान्सर) बाट पीडित हुनुहुन्थ्यो ।
अलपत्र शिक्षा पदक
रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वाेत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भन्नुभयो, “बजेट खोज्दै छौँ ।”
आकासे पुल निर्माण सुरु
चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि गोरखापत्रले ‘चक्रपथका तीन आकासे पुल अलपत्र’ शीर्षकमा माघ ६ गते समाचार प्रकाशित गरेको थियो ।
कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ । सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो । सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।
पिकनिक खान गएको बस दुर्घटना, १४ जना घाइते
झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधी व्यवसायी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटनामा परेको छ ।
गोर्खालीलाई रग्वी लिग उपाधि
राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । दशरथ रंगशालामा शिनिबार भएको फाइनलमा त्रभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।
बेहडाबाबामा दुई करोड पच्चीस लाख दीप प्रज्ज्वलन गरिने
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ । महाशिवरात्रीको दिन दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पुरिएको अवस्थामा फेला पर्यो पाटे बाघ
खाल्डो खनेर जङ्गलमा गाडेको अवस्थामा वयस्क पाटे बाघ भेटिएको छ । मध्यबिन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।
पहिचानको आधारमा प्रदेशको पुनःनामकरण गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामकरण हुनुपर्ने माग गर्नुभएको छ ।
बेलबारीको विजयी सुरुवात
राइजिङ व्रदर्श छटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२४ को उद्घाटन खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ ।
खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील
यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ ।
पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा
पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
निष्ठा र समर्पण भावका साथ काम गर्न निर्देशन
प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरूको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिलगायत सबै पक्ष बलियो हुने बताउनुभएको छ ।
जसपाका दुई पालिका समिति पुनर्गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् ।
लोयल्टी कपमा पिस प्वाइन्ट च्याम्पियन
पिस प्वाइन्टले १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
ट्राफिक सप्ताह अन्तर्गत चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
बाँके जिल्लामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा विभिन्न यातायात समितिका गाडी चलाउने चालक र सह-चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने काम गरिएको छ ।
नापतौल यन्त्र ठगी गर्नेलाई जरिबाना
नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो ।