• १२ साउन २०८१, शनिबार

गोर्खालीलाई रग्वी लिग उपाधि

blog

काठमाडौँ, फागुन १२ गते । राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले  जितेको छ । दशरथ रङ्गशालामा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।

अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्वी ९ अङ्कसहित च्याम्पियन बनेको हो । गोर्खाली रग्वीले रनिङ ट्रफीसहित एक लाख रुपियाँ पुरस्कार जितेको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपीएफ उपविजेता बनेको हो । एपीएफले सात अङ्क जोड्यो । एपीएफले ट्रफी, पदकसहित ५० हजार रुपियाँ पुरस्कार पायो । च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले पाँच अङ्क जोडेको छ । चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल प्रहरी तीन अङ्कसाथ अन्तिममा रह्यो । 

प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर राष्ट्रिय टिम निर्माण गरिने आयोजक नेपाल रग्वी सङ्घले जनाएको छ । विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पु्रस्कार प्रदान गर्नुभयो ।