• १२ साउन २०८१, शनिबार

आकासे पुल निर्माण सुरु

blog

ललितपुर, फागुन १३ गते । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । 

ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि गोरखापत्रले ‘चक्रपथका तीन आकासे पुल अलपत्र’ शीर्षकमा माघ ६ गते समाचार प्रकाशित गरेको थियो ।

चव्रmपथ सुधार आयोजनाका प्रमुख कृष्ण ओझाले वर्षौंदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महालक्ष्मी स्थान र सानेपामा आकासे पुल निर्माणका लागि जग ढलान गरेर खम्बा उठाउने काम सुरु भइसकेको छ । बल्खु चोकमा यसअघि उठाएको जगमा ढलान भइरहेको छ ।” अबको एक वर्षभित्र यी तीन वटै पुलको निर्माण सम्पन्न हुने छ । 

बल्खुमा आकासे पुल निर्माणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयअगाडि जग खनिएको चार वर्ष भइसकेको छ तर थप काम अगाडि बढ्न सकेको थिएन । यस पुलको निर्माण लागत चार करोड छ लाख ७८ हजार रुपियाँ छ । यस पुलको निर्माण अवधि सुरुमा २०७५ मङ्सिर २९ सम्म रहेकामा तीन पटक म्याद थप गरी आगामी २०८१ असार मसान्तसम्म छ ।

त्यसै गरी महालक्ष्मी स्थानमा चार करोड ३२ लाख ४३ हजार रुपियाँको लागतमा आकासे पुल निर्माण गर्न २०७४ असार २८ मा सम्झौता भएको थियो । यस पुलको सुरुको म्याद २०७५ असोज २८ सम्म रहेकामा यसको पनि तीन पटक म्याद थप गरी आगामी चैत मसान्तसम्म छ ।

त्यसै गरी चक्रपथको सानेपामा आकासे पुल निर्माणका लागि २०७४ असार २८ मा सम्झौता भएको थियो । २०७५ असोज २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि तीन पटक म्याद थप गरी आगामी २०८१ असार मसान्तसम्म पु¥याइएको छ । यस पुलको ठेक्का रकम चार करोड १९ लाख २२ हजार रुपियाँ छ । यात्रुले सुरक्षित र सहज रूपमा चक्रपथको वारपार गर्न पाऊन् भन्ने उद्देश्यले प्रत्येक एक/एक किलोमिटरमा आकासे पुल निर्माण गर्ने योजना रहेको छ ।