• १९ असार २०८१, बुधबार

पिकनिक खान गएको बस दुर्घटना, १४ जना घाइते

blog

दुर्घटनामा परेको बस ।

लीलाराज खड्का

बिर्तामोड, फागुन १२ गते । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधी व्यवसायी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी १४ जना गाडीमा सवार घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । औषधी व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस शनिवार साँझ साढे ४ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार बस पल्टिएर राजमार्गदेखि तल खसेको छ । घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।