• १३ असोज २०८१, आइतबार

नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

काठमाडौँ, फागुन १३ गते । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदान नेदरल्यान्डसले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो । नेदरल्यान्ड्सविरुद्ध नेपाल जित निकाल्दै यस सिरिजको अन्त्य गर्ने लक्ष्यमा छ । यस्तै नेदरल्यान्ड्स पनि सिरिजको अन्तिम खेल जित्न चाहन्छ । 

सिरिजमा तीन खेल खेलिसक्दा नेपालले एक जित र दुई हार खेपेको छ । नेपाल नामिबियासँग भएको दुवै खेलमा पराजित भएको थियो । नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा भने नेपाल नौ विकेटले पराजित भएको थियो । 

नेपालविरुद्ध दुई र नेदरल्यान्ड्ससँग एक खेलमा जित निकालेको नामिबिया अहिले ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्यान्ड्स समान दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा  छ। नेदरल्यान्डसविरुद्ध नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झालाई राखिएको छ ।