• ११ मंसिर २०८१, मङ्गलबार

शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङमा नयाँ कार्यसमिति चयन

blog

नेपाल शेर्पा विद्यार्थी सङ्घको नवगठित कार्यसमिति ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १३ गते । शेर्पा समुदायका विद्यार्थीहरूको छाता सङ्गठन नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिवार सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले मिङ्मा दिकी शेर्पा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यसमिति उपाध्यक्षमा पासाङ शेर्पा, सचिव पासाङ ल्हामु शेर्पा, सहसचिव रमेश शेर्पा र कोषाध्यक्षमा पुष्पा शेर्पा चयन हुनुभएको छ । अधिवेशनले २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल शेर्पा विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाको उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको बताइएको छ ।