कोरिडोरको प्रवेश द्वार मर्मत
कर्णाली कोरिडोरको प्रवेशद्वार खुलालु पुलको ओरालो सडक मर्मत गरिएको छ । खुलालुमा कर्णाली नदीमाथि बनेको पक्की पुलको दायाँ पट्टीको सडकको मर्मतको काम सम्पन्न भएको हो । पुलमा प्रवेश गर्ने ओरालो सडक जोखिम भएका कारणले यस अघि आउजाउ गर्न निकै समस्या थियो ।
तीन वर्षपछि निर्माण हुँदै अस्पताल
घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शøयाको ‘लक्ष्मीपुर अस्पताल’ तीन वर्षपछि निर्माणको काम अघि बढेको हो ।
ढल्केबरमा आकस्मिक उपचार सेवाको तयारी
धनुषाको मिथिला नगरपालिकाले चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्न लागेको हो । नगर प्रमुख महेन्द्र महतोले फागुन २० गतेभित्र ढल्केबरमा आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो ।
रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय उद्घाटन
पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको साखेजुङमा रहेको रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको बिहीबार औपचारिक उद्घाटन गर्नुभएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा रहेको शिक्षालय २०७४ सालदेखि सञ्चालनमा आएको थियो । शिक्षालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।
स्थानीय तहले गुहार्यो आयोजना
सङ्घीय सरकार अन्तर्गत सडक विभागको क्षेत्राधिकारभित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कञ्चनबारी खण्ड जताततै ‘उबडखाबड’ भएपछि दुर्घटना बढेको गुनासो बढेको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रूपान्तरण भएपछि स्थानीय तह विराटनगर महानगरपालिकामा दबाब बढेको छ । सडकमा सवारी गुडिरहेको छ कि ‘चाकाचुली’ खेलिरहेको छ भन्ने अवस्था आएपछि विराटनगर महानगरपालिकाले छ लेन सडक आयोजनालाई तत्काल मर्मत गरिदिन आग्रह गरेको हो ।
नुन लिन नागरिकता अनिवार्य
कालीकोटमा नुन आपूर्ति सहज नभएपछि जिल्लामा नुन अभाव हुन थालेको छ । नुन लिन नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने बाध्यता सर्वसाधारणलाई छ । त्यति हुँदा पनि एक सय रुपियाँको ११ केजी नुन लिन दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नागरिकताको प्रतिलिपि लिएर गएपछि एक व्यक्तिले सय रुपियाँमा ११ केजी नुन प्राप्त गर्छन् । केही महिना प्रतिव्यक्ति पाँच किलो अर्थात् पाँच प्याकेट नुन पाउने गरेका सर्वसाधारणले अहिले कोटा थपिएपछि ११ प्याकेट प्राप्त गर्ने गरेका छन् ।
‘अब मौसम क्रमिकरूपमा सुध्रन्छ’
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समृद्धिको पूर्वी ढोका
मुलुकको समृद्धिका लागि सडक सञ्जाललाई ज्यादै महत्वपूर्ण पूर्वाधारका रूपमा लिइन्छ । दुई ठुला राष्ट्रका बिचमा अवस्थित भूपरिवेष्टित मुलुकको हकमा त झन् सडक यातायात नै एक मात्र अपरिहार्य र भरपर्दो पूर्वाधार हो । आन्तरिक सडक सञ्जाल विस्तारले मात्रै मुलुकले आर्थिक समृद्धि विकास गर्न सम्भव हुँदैन । विश्वमै दोस्रो ठुलो अर्थतन्त्र भएको उत्तरी छिमेकी मुलुक चीन र पाँचौँ ठुलो अर्थतन्त्र भएको भारतबाट नेपालले व्यापारिक लाभ लिन अत्यन्तै महत्वपूर्ण मानिएका नाकास
फिनल्याण्ड किन तटस्थता त्याग्दै छ ?
युरोपको नर्डिक क्षेत्रमा अवस्थित देश फिनल्याण्ड यतिखेर नव–निर्वाचित राष्ट्रपतिको कार्यकाल आरम्भको प्रतीक्षामा छ । यही फागुन १८ गते (१ मार्च) का दिन राजधानी सहर हेलसिन्कीमा शपथग्रहण गरेसँगै ५५ वर्षीय अलेक्जान्डर स्टबको छ वर्षको कार्यकाल प्रारम्भ हुने छ । सन् २००० मा जारी भएको संविधानले नै राष्ट्रपतिको कार्यारम्भ गर्ने दिन र कार्यावधि तोकिदिएको छ । निर्वाचित भएमा स्टबले अर्को एक कार्यकाल त्यस पदमा रहन पाउने छन् ।
विदेश मोहको वशमा युवा
वस्तुतः मानिस सुख, आनन्द, सुरक्षा र प्रगति चाहने चेतनशील प्राणी हो । यी सबथोक प्राप्तिका लागि कुनै पनि मुलुकमा व्यापार–व्यवसाय, रोजगारी वा अर्थोपार्जन अनुकूल वातावरण आवश्यक पर्छ । आर्थिक रूपले अनुकूल वातावरण हुँदा मुलुकले समृद्धि हासिल गर्छ । फलस्वरूप नागरिकले पनि गुणस्तरीय शिक्षा–स्वास्थ, लैङ्गिक समानता, सामाजिक सुरक्षा, सहज सार्वजनिक सेवा र आकर्षक पारिश्रमिक प्राप्त गर्छन् । स्वाभाविक रूपमा अविकसित मुलुकमा यी सबथोकको कमी हुन्छ । त्यसैले जीवन उपयोगी सिप, आकर्षक ज्याला वा पारिश्रमिक, पेन्सन, बिमालगायत सामाजिक सुरक्षा, अ
राष्ट्रिय सभाको छ वर्षे समीक्षा
संविधान देशको सर्वोच्च कानुन हो । कुनै पनि देशमा संविधानभन्दा उच्च स्तरको वा समान स्तरको कानुन बनाइएको हँुदैन । संविधानसँग बाझिने गरी कानुन बनाइँदैन र बनाइएमा बाझिएको हद जतिको कानुन निष्व्रिmय हुन्छ । यसर्थ जति पनि कानुन बनाइन्छन्, संविधान अन्तर्गत नै बनाइनु पर्छ । संविधानलाई मूल कानुनको स्थान दिइएको अभिप्राय संविधानको सर्वोच्चता स्वीकार गरिएको हो । उदाहरणका लागि नेपालको संविधानको धारा १ ले संविधानलाई सर्वोच्च कानुनका रूपमा स्वी
अबको समाजवादी क्रान्ति
समाजवादमा जान क्रान्तिका दुई चरण पहिलो पुँजीवादी र दोस्रो समाजवादी क्रान्ति पार गर्दै अगाडि बढ्नु पर्छ । विश्व समाजवादी आन्दोलनमा क्रान्तिका आआफ्नै अनुभव छन् । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भयो र समाजवाद स्थापनाको आधार निर्माण भएर चीन अगाडि बढिरहेको छ । रुसमा जारशाहीविरुद्ध भएको फरबरी क्रान्तिपछि लेनिनको अगुवाइमा भएको अक्टोबर क्रान्तिको सफलताले समाजवाद स्थापना ग¥यो । यस्तै भिय
भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर
जाजरकोट भूकम्पको अति प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन सङ्घको आयोजनामा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
कासमूमा भरतपुर महानगर पहिलो
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९/८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।
प्रदेश सरकार र विपक्षीबिच टकराब
बागमती प्रदेशमा प्रदेश सरकार र विपक्षी दलहरूबिच टकराब बढ्दै गएको छ । गत असारमा प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदादेखि सुरु भएको द्वन्द्व पछिल्लो समय बढ्दै गएको हो । भूगोल र विपक्षी दललाई समेत उपेक्षा गर्दै विभेदपूर्ण बजेट ल्याएको भन्दै बागमती प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभाको बैठक पटक पटक अवरुद्ध गरेका थिए । बजेट समानुपातिक ढङ्गले नल्याएको, विपक्षी दलका प्रदेश सभाका सदस्यहरूसँग योजना माग गरेर ती योजना बजेटमा नपारेकोलगायतका दाबी विपक्षी दलको थियो ।
इराकविरुद्धको जितमा सावित्राको पाँच गोल
वाफ महिला च्याम्पियनसिपमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले बिहीबार इराकलाई ५–० को फराकिलो अन्तरले हराएको छ । यस जितसँगै नेपालको दुई खेलबाट दुई जित हासिल भएको छ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यलोस्टाइनविरुद्ध खेल्ने छ । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । पश्चिम एसियाका गल्फ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो ।
नाबालिका करणी गरेको आरोपमा २ जना पक्राउ
नाबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ र ईश्वर चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कर्णालीका २८ सय बढीको आँखा परीक्षण
जिल्लाको पूर्वी क्षेत्रमा आँखाका बिरामीहरूमा मोतिया बिन्दुको डरलाग्दो अवस्था रहेको पाइएको छ । फागुन महिनाको पहिलो हप्तामा मेहलकुनामा बसेको तीन दिने निःशुल्क आँखा शिविरमा मात्रै ३ सय बढी बिरामीहरुले मोतिया बिन्दुको सफल अप्रेसन गराएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश संयोजक मानबहादुर कँवरले जानकारी दिनुभयो ।
लोक सांस्कृतिक मेलामा एघार देशका कलाकार
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ यही महिनाको १९ देखि २६ गतेसम्म १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० आयोजना हुने भएको छ । लोक सांस्कृतिक मेला आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलामा अस्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल गरी ११ देशका ३५० कलाकारले आआफ्ना मौलिक लोककला र नृत्य प्रदर्शन गर्ने जनाएको छ ।
मेनुकाको लाइभ कन्सर्ट
इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा हुने नेपाल कल्चर फेस्टिभलकै अवसर पारेर सो विशेष कन्सर्ट गर्न लागिएको हो ।
आर्थिक सङ्कटमा पोखरा, योजना सम्झौता बन्द
आन्तरिक आम्दानी लक्ष्यभन्दा कम र सङ्घ र प्रदेश सरकारको अनुदानसमेत घट्ने निश्चित भएपछि पोखरा महानगर आर्थिक सङ्कटमा परेको छ । सङ्कट टार्न महानगरले प्रमुख स्तरीय निर्णय गरी सबै वडा र महाशाखाहरूलाई छ बुँदे निर्देशन दिएको छ ।
तेस्रो चरणमा पनि महाकाली सिँचाइ आयोजना प्रभावित
बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले राससलाई बताउनुभयो ।