• १२ साउन २०८१, शनिबार

नाबालिका करणी गरेको आरोपमा २ जना पक्राउ

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन ११ गते । नाबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाको  गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ  र ईश्वर चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो । 

गत फागुन ८ गते नाम परिवर्तित घ कुमारीलाई बेलुका साँढे ८ बजेको समयमा नबालिकालाई ललाई फकाई गरी आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोपमा करणी गर्ने आशिष् चेपाङ र करणी गर्न सहयोग पुर्याउने ईश्वर चेपाङलाई पीडित नबालिका बाबुले जाहेरी दरस्खस्तको आधारमा पक्राउ गरिएको हो ।

  पक्राउ परे लगत्तै बिहीबार दुवै जना विरुद्ध जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।