सामाजिक एकता लोकतान्त्रिक गणतन्त्रको लक्ष्य : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो । अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताउनुभएको हो ।
स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरूले गर्ने परीक्षण र उपचार खर्चमा एकरूपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।
सगरमाथा क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आउनेजाने तथा सगरमाथा बेस क्याम्प, खुम्बु क्षेत्रको भ्रमण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय बासिन्दाको सुविधाका लागि खुम्बु क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ ।
महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस् : कांग्रेस नेता
ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको चौथो दिन विभिन्न पाँचवटा प्रतिवेदमाथि समूहगत रूपमा छलफल भइरहेको छ ।
सन्धिखर्क देशभरकै सात सय ५३ पालिकामा प्रथम
कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो ।
मैवाखोला कार्यसम्पादन मूल्याङ्कनमा प्रथम
ताप्लेजुङको मैवाखोलाखा गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा प्रदेशमै प्रथम भएको छ ।
महाधिवेशनको तयारीमा जुट्यो जसपा
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल आगामी जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ ।
काठमाडौं महानगरमा फागुन १६ देखि रुबेला दादुरा खोप अभियान सुरु
काठमाडौं महानगरपालिकामा यही फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सुरु हुने भएको छ । महानगरले १६ गतेदेखि दुई चरणमा रुबेला दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
सामाजिक सुरक्षा भत्ताले कुचिकारलाई सम्मान
दैलेखको सदरमुकाम समेत रहेको नारायण नगरपालिकास्थित देवकोटा चोकमा नगरको सरसफाई र स्वच्छताका लागि काम गर्दै आएका कुचिकारलाई सम्मान गरिएको हो ।
फिल्ड निर्माण योजनामा अनियमितता : प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हुम्ला चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार
भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले राससलाई जानकारी दिनुभयो ।
हिउँले सेताम्मे मनाङ
हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन । तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ ।
'ट्राफिक व्यवस्थामा हातेमालो गर्न जरुरी छ'
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।
तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडान रद्द
मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो उष्णकटिबन्धीय आँधी आएपछि उडान र विद्यालयहरू बन्द गरेको मौसम विज्ञान सेवाहरूले जनाएका छन् ।
भासु भीर खण्डमा विस्फोट हुँदा चार जना घाइते
भीमदत्त राजमार्गस्थित भासु भीर खण्डमा बुधबार साँझतिर विस्फोटनमा परी चार जना घाइते भएका छन् ।
देशको अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गयोः सांसद भण्डारी
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिका कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिहरुको हातमा गएको बताउनुभएको छ ।
सात वर्षपछि महाभारतमा खानेपानी
निर्माण सुरु भएको झण्डै सात वर्षपछि साँगुरीगढी गाउँपालिका-७ माखावा लिफ्टिङ खानेपानी योजनाको पानी पुगेको छ ।
किसानको आन्दोलनलाई नजरअन्दाज नगर्नुस् : सांसद लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।
विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष भएनः सांसद भट्टराई
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताउनुभएको छ ।
बिदापछि मनाङका तीन विद्यालय खुले
पुस लागेसँगै जाडो बिदा गरी बन्द भएका मनाङका विद्यालयहरु खुल्न थालेका छन् । ४५ दिनको जाडो बिदापछि एसईई परीक्षालाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलेका हुन् ।
बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ ।
शून्य समय : विकास, निर्माण र जनजीवनका सवालमा ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडित र किसानका समस्या सम्बोधनको माग गर्नुभयो । नेकपा ए(माले) का नेता योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १८ गतेदेखि उपकुलपति पद रिक्त रहेको र उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्षरूपमा उपकुलपति छनोट गर्न माग गर्नुभयो ।
स्वास्थ्यमन्त्रीद्वारा १५ शय्याको गोकर्णेश्वर नगर अस्पताल शिलान्यास
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गर्नुभएको छ ।