आर्थिक शक्ति बन्दै जर्मनी
जापानले अर्थतन्त्रमा सुधारको प्रयास गर्दा पनि सफलता मिलेन । कमजोर घरेलु उपभोगका कारण लगातार दुई त्रैमाससम्म अर्थतन्त्र सङ्कुचित भएपछि जापान आर्थिक मन्दीमा फसेको छ । जसका कारण यसको अर्थतन्त्र ४.२९१ ट्रिलियन डलरमा झरेर विश्वको तेस्रो स्थानबाट चौथो स्थानमा पुगेको छ । जर्मनी ४.७३० ट्रिलियन डलरसहित विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनेको छ । जापान अहिले कमजोर मुद्रा, बढ्दो उमेर र घट्दो जनसङ्ख्यासँग सङ्घर्ष गरिरहेको छ । अमेरिकी डलरको तुलना गर्दा येन ९ प्रतिशतले कमजोर हुँदा जापानको अर्थतन्त्र खस्किएको हो । यसअघि सन् २०१० मा चीनको अर्थतन्त्र वृद्धिका कारण जापान दोस्रोबाट तेस्रो स्थानमा झरेको थियो । अहिले अमेरिकाको अर्थतन्त्र २७.९७४ ट्रिलियन डलरसहित
पहुँचयुक्त संरचना नहुँदाको पीडा
नेपाल अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्षधर राष्ट्र हो । नेपालले यस महासन्धिलाई मे ७, २०१० मा अनुमोदन गरेको हो । महासन्धिले दिएको निष्कर्ष तथा सुझावलाई नेपालले कार्यान्वयन गर्दै आएको छ । साथै अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण र संवर्धनका लागि आवश्यक ऐन, कानुन तथा योजना र कार्यक्रममा जोड दिँदै आएको छ । महासन्धिको धारा २० मा सरकारी कार्यालय, अस्पताल, विद्यालय, विश्वविद्यालय, बैङ्क, सडक, सार्वजनिक भवन तथा यातायात अधिकांश सार्वजनिक पूर्वाधार अपाङ्गतामैत्री नभएको विषयमा उल्लेख छ । नेपाल सरकारले यस सुझावको कार्यान्वयन गर्न अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ निर्माण गरेको
पोखराका ताल र खोलामा नयाँ मापदण्ड
पोखरा महानगरले भवन, पूर्वाधार, खोला, खोल्साको नयाँ मापदण्ड सार्वजनिक गरेको छ । आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गर्नुभएको हो ।
एक करोड २२ लाख लगानीमा विद्यालय भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविमा निर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रस्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
राष्ट्रपति पौडेल आज अछाम आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज अछाम आउनुहुने भएको छ । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटि होम महायज्ञको उद्घाटनका लागी अछाम आउन लाग्नुभएको हो ।
राष्ट्रपति पौडेल आज बागलुङ पञ्चकोट आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहीबार बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउन लाग्नुभएको हो ।
डर र शक्तिको खेल ‘रङ्गेली’
चलचित्र ‘रङ्गेली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । डर र शक्तिको खेलका रूपमा प्रस्तुत गरिएको ट्रेलरमा चलचित्रका प्रमुख कलाकारलाई समेटिएको छ । नेपालको तराई क्षेत्रका विविध घटना र आयामलाई दृश्यमार्फत देखाउने कोसिस गरिएको ट्रेलरमा राजनीतिक असरको समेत झल्को दिइएको छ ।
कांग्रेस महासमिति बैठक: आज समापन हुँदै
नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको छ ।
भीमसेनको पूजाअर्चना
नेवार समुदायले भीमसेनको पूजाअर्चना गरी बुधबार ‘भिं द्वादशी’ (माघ शुक्ल द्वादशी) मनाएको छ । भीमा द्वादशी पनि मानिने यस दिन भीमसेनको पूजा गरी ‘समयबजी’ खाने चलन छ । भिन्द्यः र भीमसेन एकै हुन् वा फरक भन्ने विषयमा दुई मत रहे पनि यस दिन सबैले समान रूपमा पूजा गर्ने गर्छन् ।
यमन र सुरजवीरको गीत सार्वजनिक
नेपाल भाषाका दुई कलाकार यमन श्रेष्ठ र सुरजवीर वज्राचार्यको गायनमा रहेको दुई म्युजिक भिडियो एकै पटक सार्वजनिक गरिएको छ । यमनको स्वरमा रहेको गीत ‘यःमां जितः ब्याहा यानाब्यु’ र सुरजवीरले गाउनुभएको ‘का रे मयजु’ गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो । दुवै म्युजिक भिडियो वरिष्ठ चलचित्रकर्मी नीर शाहले सार्वजनिक गर्नुभएको हो ।
आजको मौसमः हल्का वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन
नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष कौशलकुमार धोबीले बताउनुभयो ।
चीनसँग जोडियो तमोर कोरिडोर
निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।
आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात
बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल वितरण
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टीफाइड राइसं) वितरणको प्रक्रिया शुभारम्भ गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले बुधबार कार्यक्रम आयोजना गरेर स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सो चामल कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिने भएको छ ।
विश्व शान्तिको नेतृत्व लिन सुझाव
शान्ति स्थापनामा नेपालले विश्वमा नै नेतृत्व लिने बेला आएको विज्ञहरूले सुझाउनुभएको छ । नेपालको शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेतृत्व लिने बाटोमा अग्रसर हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको हो । विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमा शान्ति सैनिक पठाउन विश्वकै पहिलो मुलुक भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो शान्ति सम्पदा पनि नेपालमै रहेको, १० बर्से सशस्त्र द्वन्द्वको पनि आफ्नै पहलमा टुङ्ग्याएर नमुना प्रस्तुत गर्नु शान्तिप्रियताको अर्को सूचक रहेको विज्ञहरूको भनाइ छ ।
लुम्बिनी प्रदेश लोकसेवाको विज्ञापन सच्याउन माग
लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट गत माघ २६ र फागुन ३ गते प्रकाशित भएको विज्ञापन समानुपातिक समावेसी सिद्धान्तको प्रतिकुल भएकाले त्यसलाई रद्द गरी प्रक्रिया पूरा गरी पुनः विज्ञापन आव्हान गर्न संवैधानिक आयोगका पदाधिकारीहरुले संयुक्त रुपमा माग गर्नुभएको छ ।
पार्टीको संसदीय भुमिका प्रभावकारी बनाउन एमाले नेताहरुको सुझाव
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्यहरुले संसदमा पार्टीको संसदीय भुमिका कमजोर भएकाले भूमिका प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा उहाँहरुले सो कुरा सुझाव दिनुभएको हो ।
रक्तदाता संघको अध्यक्षमा भण्डारी
नेपाल नियमित रक्तदाता संघको अध्यक्षमा भगवान भण्डारी चयन हुनुभएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
ट्याक्टर पल्टिँदा दुईको मृत्यु, ६ जना घाइते
सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कुँवरले खिचेको तस्बिरलाई सोनी अवार्ड
फोटोग्राफर विवेक कुँवरले खिचेको तस्बिरले ‘सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ । कपनस्थित फेल्ट बलको बिचमा सुतेर मुस्कुराइ रहेकी एक बालिकाको तस्बिर विजेता बनेको हो ।
एक हप्ते दादुरा-रुबेलाविरुद्धका खोप अभियान
मकवानपुरमा दादुरा रुबेलाविरुद्धको एक हप्ते खोप अभियान सुरु हुने भएको छ । आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हरिपूर्वामा शिक्षक, कर्मचारी धर्नामा
फागुन ७ गते नगर सभा गरेर बजेट पारित गरेको सर्लाहीको हरिपूर्वा नगरपालिकामा शिक्षक र कर्मचारीले धर्ना जारी राखेका छन् ।
गौशालामा राष्ट्रिय जनावरको बिजोग
स्थानीय सरकारले व्यवस्थापन गरेको कैलालीको एक गौशालामा राष्ट्रिय जनावर गाईको बिजोग देखिएको छ । गोदावरी नगरपालिका–९ भल्कामा रहेको गौशालामा चौपायाको बिजोग भएको हो ।