• १२ साउन २०८१, शनिबार

राष्ट्रपति पौडेल आज अछाम आउनुहुँदै

blog

रमेशबहादुर रावत

अछाम,  फाल्गुन १० गते । राष्ट्रपति रामचन्द्र पौडेल आज अछाम आउनुहुने भएको छ । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटि होम महायज्ञको उद्घाटनका लागी अछाम आउन लाग्नुभएको हो । 

जिल्लाको साँफेबगर नगरपालिका १ मा आजदेखि १४४ वर्ष पछि सुरु हुन लागेको कोटिहोम महायज्ञ शिवरात्रि सम्म चल्ने छ । राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । कोटिहोम महायज्ञको तयारी पुरा भएको प्रचारप्रसार समिति संयोजक शिवबहादुर कुँवरले जानकारी दिनुभयो । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्ध कुम्भ मेला , हरेक १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटि होम महायज्ञ सहितको महाकुम्भमेला लाग्ने गर्दछ ।

कोटि होम महायज्ञको लागी पुर्वमन्त्रि शेरबहादुर कुँवरको संयोजकत्वमा अछाम जिल्ला स्थित वर्तमान माननीय सांसद र अन्य सरोकारवाला सहितको आयोजक समिति गठन गरिएको थियो ।