• १ पुस २०८१, सोमबार

पार्टीको संसदीय भुमिका प्रभावकारी बनाउन एमाले नेताहरुको सुझाव

blog

नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठकमा अध्यक्षसहित नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्यहरुले संसदमा पार्टीको संसदीय भुमिका कमजोर भएकाले भूमिका प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा उहाँहरुले सो कुरा सुझाव दिनुभएको हो ।  

सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रीत हुन आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । 

उहाँले विकास निर्माणसम्बन्धी र जनताका सरोकारका मुद्दामा पार्टीको तर्फबाट अगुवाइ र नेतृत्व गर्नेगरी उठाउनुपर्ने आवाज उठेको बताउनुभयो । उहाँले आजको बैठकमा विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रस्तुत भएका चारवटा काम योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको बताउनुभयो । बिहीवारको बैठकमा छलफल भएका विषयलाई राख्नेगरी नेतृत्व तोकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन हिजो विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रस्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणापत्रमाथि छलफल भएको छ । विभाजित भएका नौ वटा टिममा प्रत्येक टिमबाट प्रस्तुत कार्ययोजनालाई केन्द्रीय कमिटीको बैठकमा भोलि प्रस्तुत गर्नेगरी टिम लिडर तोकिएको उहाँले बताउनुभयो । कोशीबाट पार्टी अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशमा चण्डेश्वर मण्डल, वागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधेकृष्ण कँणेल, कर्णालीमा गुलावजंग शाह र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीले र जनसंगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी सदस्य पेम्बा लामाले आफ्नो समूहको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । 

आज प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने । पार्टीभित्र एउटा आचारसंहिता लागू गराएर पार्टीभित्र उठ्नेगरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुरालाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने विषय गम्भीरतापूर्वक उठेको नेताहरुले बताउनुभएको छ । 

संसदीय क्षेत्रको काम कमजोर भयो, संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुन बहसमा मुद्दा उठेको नेताहरुले बताउनुभएको छ । जनताका सरोकारका मुद्दामा पार्टीको तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्ने उहाँहरुको सुझाव छ । 

बैठकमा प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहिताका लागू गराएर पार्टीभित्र उठ्नेगरेका अनुशासनहिनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने विषय उठेको उाँले बताउनुभयो ।