हराउँदै हिमालको सौन्दर्य
फागुन लागिसक्दा समेत चङ्खेली हिमाल यस पटक कालापत्थरजस्तै बनेको छ । हिमाली जिल्ला मुगुमा यस वर्ष हिउँ नपर्दा हिमालको सौन्दर्य हराउँदै गएको छ । विगतका वर्षमा मङ्सिर अन्तिम र पुस पहिलो साताबाटै हिउँ पर्न सुरु हुनेमा यस वर्ष फागुन लागिसक्दा पनि हिउँ परेको छैन । यसले गर्दा हिउँले टल्किने यहाँको चङ्खेली हिमाल यतिबेला कालो पहाडमा परिणत हुँदै गएको स्थानीय गोमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “यति बेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । खेतबारीमा हिउँको सिँचाइले यहाँका कृषक कात्तिके बाली लगाउन खेतबारीमा हलो लगाउन व्यस्त हुन्थे । अहिले खेतबारी सुक्का हुँदा यहाँका कृषकलाई हलो लगाउन पनि असहज भएको छ ।” छायानाथ रारा नगरपालिका–१४ का स्थानीय हंसलाल बडुवालले हिमालमा हिउँ नभएका कारण चङ्खेली हिमाल र रारातालको मिलीचौरको सौन्दर्य हराउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला जस्तो हिउँ पर्नै छाड्यो, मङ्सिरमा परेको हिउँले चङ्खेली हिमालमा वैशाख जेठसम्म हिउँ हुन्थ्यो र हिँड्न पनि गाह्रो हुन्थ्यो । अहिले हिउँबिनाको हिमाल उजाड देखिन्छ ।”
खारेज गरिएका कार्यालय यथावत्
कर्णाली प्रदेश सरकारले यसअघि खारेज गरेका कार्यालय यथावत् रहने भएका छन् । सरकारले शिक्षा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय र पूर्वाधार विकास निर्देशनालयसहितका केही कार्यालय खारेज गरेको थियो तर खारेजीको निर्णय कार्यान्वयनमा कानुनी जटिलता देखिएपछि तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नहुने भएको छ ।
मोहना र खुटिया नदीमा तटबन्ध
कैलाली जिल्लाको मध्यभाग भएर बग्ने मोहना र खुटिया नदीको कटान तथा डुबान नियन्त्रण गर्न करिब ५२ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण भइरहेको छ । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको नियन्त्रणका लागि एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा तटबन्ध निर्माण भइरहेको छ ।
शिक्षा, स्वास्थ्य र खानेपानी प्राथमिकतामा
बाजुराको स्वामिकार्तिक गाउँपालिका यहाँका दुर्गम तथा पछाडि परेका गाउँहरू वाई, साप्पाटा र जुकोट गाविस मिलेर बनेको हो । कर्णाली नदीपारिको यो गाउँपालिकामा नेपाली कांग्रेस पार्टीबाट ४३ वर्षीय भरतबहादुर रोकाया पालिका अध्यक्ष हुनुहुन्छ । गाउँपालिकामा केही राम्रो काम गरेर इतिहास बनाउने योजनामा रहनुभएका अध्यक्ष रोकायासँग सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा भएको परिवर्तन र समाज सुधारका लागि गरिएका उपलब्धिमूलक कामकारबाही, योजना, कार्यान्वयन
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार १९५ पुग्यो
इजरायली आक्रमणका कारण गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २९ हजार १९५ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले मङ्गलबार साँझ इजरायली आक्रमण जारी रहँदा गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या २९ हजार १९५ पुगेको बताएको हो ।
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौ वटा स्थानीय तहमा रहेका १७ हजार ४१७ जना नौ महिनादेखि पाँच वर्ष मुनिका बालवालिकालाई खोप दिने तयारी भइरहेको जानकारी गराएको छ ।
बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध
बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।
फोहोरले पुरिँदै पवित्र पोखरी
प्राचीन मिथिलाको राजधानी जनकपुरधामका पवित्र पोखरीहरू यतिबेला संरक्षणको पर्खाइमा छन् । जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने यहाँका पोखरी फोहोरको थुप्रोले पुरिन थालेका छन् । यहाँको परम्परा अनुसार मानिस जन्मँदा पोखरीमा गएर स्नान गरेपछि शुद्ध हुने, विवाहमा गरिने मटकोर विधिका लागि पनि पोखरीबाट माटो झिकिन्छ र मानिस मरेपछि पनि मलामीले पोखरीमै स्नान गर्ने गरिन्छ तर ती पोखरीको अवस्था भने दिनानुदिन दयनीय बन्दै गएको छ । नगरको फोहोरले पोखरी पुरिने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको आँखा पुग्न सकेको छैन ।
एमाले केन्द्रीय कमिटी बैठक : नौ समूहमा आजबाट छलफल
रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मङ्गलबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए ।
सुरु हुँदै ब्रह्माण्डीय महायज्ञ
बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु हुने ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोटलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञलाई सम्बोधन गर्न दोस्रो दिन फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल पञ्चकोट आउन लाग्नुभएको हो ।
कांग्रेस महासमिति बैठक : पेश भएका प्रतिवेदनमाथि आज छलफल हुने
सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठक बुधबार बिहान ९ बजेबाट बस्दैछ ।
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
३४ वर्षपछि श्रीश्री १०८ विष्णुमहायज्ञ
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ डाइनियाँमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञ हुने भएको छ । श्रीश्री १०८ विष्णुमहायज्ञ आयोजक मुल समारोह समितिले आयोजना महायज्ञ आयोजना गर्न लागेको हो ।
गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार
गाँजा खेतीलाई वैधानिक बनाउन ऐन निर्माण गरिरहेको गण्डकी सरकारले प्रदेशमा यसको सम्भावनाबारे अध्ययन गर्ने भएको छ । प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक रुपमा प्रशस्त मात्रामा उम्रिने गाँजाको सम्भाव्यता अध्ययन गर्न कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार परामर्शदाता माग गरेको छ ।
घुर ताप्दा जलेर गम्भीर घाइते राजवंशीको मृत्यु
घुर ताप्ने क्रममा जलेर गम्भीर घाइते हुनुभएको झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ का ५६ वर्षीया कमला राजवंशीको मृत्यु भएको छ । गत माघ २८ गते घुर ताप्ने क्रममा कमलाको कम्मर मुनि जलेको वडाध्यक्ष बीरबहादुर राजवंशीले जनाउनु भयो ।
किसानको हित संरक्षण
केही वर्षयता नेपालमा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा व्यापक वृद्धि भएको छ । ग्रामीण बस्तीमा खास गरी बाँदर, बनेल, मृग, दुम्सीलगायतका वन्यजन्तुले खेतबारीमा लगाएको बालीनाली सखाप पारिदिने गरेका कारण गाउँबाटै उठीवास भएका अनेक घटना आइरहेका छन् । केही दिनअघि गण्डकी प्रदेशका केही पालिकाले बाँदरले ग्रामीण बस्तीमा घरभित्रै पसेर अन्नबाली खाइदिन थालेपछि घरवरिपरिका रुख–बुट्यान हटाउन ‘म काट्छु मेरो रुख’ अभियान विवादमा प¥
पूर्वबजेट छलफलका अपेक्षा
बजेट सुधारलाई सम्बोधन गर्न अपनाइएका अभ्यासमध्ये पूर्वबजेट छलफल महत्वपूर्ण छ । वार्षिक आय, व्यय तथ आर्थिक उद्देश्य कार्यान्वयन गर्ने महत्वपूर्ण संयन्त्र बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा संसदीय भावना समेट्न पूर्वबजेट छलफल गर्न थालिएको हो । चालु आर्थिक वर्षको बजेट छलफलका क्रममा माननीय सांसदहरूले पूर्वबजेट छलफललाई औपचारिकतामा सीमित नगरी बजेट तर्जुमालाई सार्थक बनाउन यसको समय संरचनालाई परिवर्तन गर्न दिइएको सुझावमा माननीय अर्थमन्त्रीले गर्नुभएको प्रतिबद्धता अनुरूप आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरिएको छ । साविकमा
सुन्तला बेचेर कृषकले उमाचोकमा भित्र्याए पाँच करोड
तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका किसानले यसवर्ष सुन्तला बिक्री गरेर पाँच करोड रूपियाँभन्दा बढि रकम भित्राएका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिले जनाएको छ ।
साक्षरता बढाउने आधार
सिकाइ कोक्रोदेखि कात्रोसम्म अर्थात् जन्मदेखि मृत्युसम्म आजीवन चलिरहने प्रक्रिया हो । यही प्रक्रियाले नै जीवनोपयोगी ज्ञान र सिप हासिल गर्न सकिन्छ । ती ज्ञान र सिप अनौपचारिक र औपचारिक दुवै माध्यमबाट प्राप्त हुन्छन् । विज्ञान र प्रविधिको आज तीव्र गतिमा विकास र विस्तार भइरहेको छ । त्यसैले कतिपय सन्दर्भमा औपचारिक शिक्षाका विषयवस्तु असान्दर्भिक भई सक्छन् । आफूमा भएका मौजुदा ज्ञान र सिपलाई निरन्तर अद्यावधिक गरी जीवन सफल बनाउन सक्नु पर्छ । व्यवस्थित र सर्वसुलभ शिक्षाको विकास र विस्तार गरी साक्षरता दर बढाउनु पनि आजको आवश्यकता हो ।
माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए
इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ ।
माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका
माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आउनुभएको हो ।
विद्यालय भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङस्थित गौ बोम बस्त माविको भवन निर्माण गरिएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा, गाउँपालिका र स्थानीयवासीको संयुक्त आर्थिक साझेदारीमा भवन निर्माण गरिएको हो ।