• १७ वैशाख २०८२, बुधबार

कांग्रेस महासमिति बैठक : पेश भएका प्रतिवेदनमाथि आज छलफल हुने

blog

काठमाडौं, फागुन ९ गते । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठक बुधबार बिहान ९ बजेबाट बस्दैछ ।

आजको बैठकमा मङ्गलबार पेश भएका प्रतिवेदनमाथि छलफल हुनेछ । आज उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः साङ्गठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुनेछ ।