महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गर्नुभएको छ ।
लोपोन्मुख गिद्ध संरक्षणमा चासो
नवलपुरको कावासोती–१३ मा लोपोन्मुख गिद्ध संरक्षण गर्न जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि समुदाय स्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । १८ वर्ष अगाडि स्थापना भएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यमा रूपमा विकास हुँदै गएको छ ।
म्याग्देमा नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन
जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ ।
होलिल्याण्ड स्कुललाई बास्केटबल उपाधि
दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।
एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित
मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागूभएको करिब छ महिना पुग्न लाग्यो ।
निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गर्नुभएको हो ।
भीरबाट लडेर युवकको मृत्यु
भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ जिमा गाउँका २४ वर्षीय रतन लावडको भीरबाट लडेर मृत्यु भएको छ ।
ताप्लेजुङमा धुपीका पात सङ्कलन घट्दो
पछिल्लो समयमा ताप्लेजुङमा धुपीका पात सङ्कलन क्रमिकरुपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्वसमेत घट्दै गएको हो ।
इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा
इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार शिया धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गर्नु भएको छ ।
युवामा देखिएका अस्वाभाविक परिवर्तनप्रति अभिभावक चिन्तित
बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ । अहिलेका बालबालिकाको आनीबानी र व्यवहारले विकृति भित्रिन थालेकाले चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ । समय बदलिँदो छ ।
दुई हजारभन्दा बढीको निःशुल्क मुटु परीक्षण
पुतलीबजार नगरपालिका र सेभ द हर्टले पुतलीबजारमा गरेको निःशुल्क मुटु स्वास्थ्य शिविरमा दुई हजार ५० जनाले मुटुको परीक्षण गर्नु भएको छ ।
किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग
पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ ।
नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या
नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसिभ काङ्ग्रेस (एपीसी) पार्टीका प्रवक्ताको हत्या भएको छ । अज्ञात बन्दुकधारी समूहले पठारको मध्य राज्यमा यसै सप्ताहन्तमा उहाँको हत्या गरेको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।
टी–२० विश्वकपअघि नेपालले भारतमा खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपअघि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । नेपालले विश्वकपको तयारीस्वरुप भारतको बरोडा र गुजरात क्रिकेट सङ्घको टोलीसँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
दिगो विकाससम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित
दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषदमा आज (मङ्गलबार)देखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
खानेपानी आयोजनामा पाइपको विवाद
धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालल दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग गरिएको छ ।
चार सय जनामा मोतीबिन्दु, ३०१ को निःशुल्क शल्यक्रिया
आँखा शिविरमा मोतीबिन्दुको समस्या देखिएका तीन सय एक जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घका अनुसार आँखा शिविरमा मोतीबिन्दुको समस्या देखिएका चार सय बिरामी मध्य तीन सय एक जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
प्रदेश स्तरीय ब्याडमिन्टनको तयारी पूरा
पाँचथरको फिदिममा बुधबारदेखि सुरु हुने प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सँगै खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।
छुवाछुत उन्मूलनका लागि परामर्श कार्यक्रम
बाजुराको त्रिवेणी नगरपालिकामा रहेको त्रिशक्री दलित नेटवर्कले जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि सरोकारवाला निकायसँग परामर्श कार्यक्रम सुरु गरेको छ ।
जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
तेक्वान्दो खेलाडी छनोट
फ्रान्सको पेरिसमा यसै वर्ष आयोजना हुने ओलम्पिक गेम्सका लागि एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली तेक्वान्दो खेलाडीको छनोट गरिएको छ ।
लथालिङ्ग ठुला विकासे आयोजना प्रभावकारी बनाउन प्रतिबद्धता
जिल्लामा सञ्चालित लथालिङ्ग ठुला विकासे आयोजनालाई प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाको समग्र विकासमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय विकास संवाद सुरु गरेको हो ।
कोरियन भाषा परीक्षा पुस २ गतेसम्म
इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो ।