• १३ साउन २०८१, आइतबार

दुई हजारभन्दा बढीको निःशुल्क मुटु परीक्षण

blog

पुतलीबजार नगरपालिका र सेभ द हर्टले पुतलीबजारमा आयोजना गरिएको निःशुल्क मुटु स्वास्थ्य शिविर । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, फागुन ८ गते ।
पुतलीबजार नगरपालिका र सेभ द हर्टले पुतलीबजारमा गरेको निःशुल्क मुटु स्वास्थ्य शिविरमा दुई हजार ५० जनाले मुटुको परीक्षण गर्नुभएको छ । यहाँ उपचार गरेका ४५ जनाको मुटुमा जटिल समस्या देखिको हो ।

शिविरमा चार वर्षीयदेखि ७८ वर्षीयसम्मलाई मुटुको जटिल समस्या देखिएको र सबैको निःशुल्क शल्यक्रिया हुने भएको छ । शिविरमा दुई हजार ५० स्थानीयले मुटु स्वास्थ्य परीक्षण गरेका थिए । 

नगरप्रमुख तुलसीराम रेग्मीले वर्षौंदेखि मुटुको समस्या झेल्दै आएका नगरवासीलाई लक्षित गरेर विशेषज्ञसहितका शिविरको आयोजना गरिएको बताउनुभयो ।

आर्थिक अभावकै कारण वर्षौँदेखि रोग साचेर बसेकालाई शिविर प्रभाबकारी भएको रेग्मीको भनाइ छ । शिविरमा मुटुरोग सम्बन्धी निःशुल्क परामर्श, इसीजी, इको कार्डियोग्राफी, औषधी वितरण गरिएको थियो ।

शिविरमा १४ वर्षमुनिका र १४ वर्ष माथि उमेर समूहकाको छुट्टाछुट्टै स्वास्थ्य परीक्षण गरिएको थियो ।    यहाँ  ७५५ जनाले इसीजी, ६१५ जनाको इको परीक्षण गरेको प्रा. डा अर्जुन लामिछानेले जानकारी दिनुभयो ।

परीक्षणका क्रममा मुटुसम्बन्धी जटिल रोग, जन्मरोगदेखिको जटिलता, बाथ, मुटुरोग जस्ता समस्या देखिएको डा. अर्जुन लामिछानेले बताउनुभयो । दुई दिने शिविरमा विशेषज्ञसहित स्वास्थ्यकर्मीको सहभागिता थियो ।