पूर्वी चितवनमा छुरा प्रहार गरी युवकको हत्या
पूर्वी चितवनको खैरहनी नगरपालिकामा एक युवाको हत्या भएको छ । मङ्गलबार बिहान ३ बजे घरबाट निस्किएका खैरहानी नगरपालिका–२ निवासी २४ वर्षीय कृष्णप्रसाद खनाल घर नजिकै हर्वल कारखाना अगाडि मृत भेटिनुभएको हो ।
आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली आज बैंकक प्रस्थान गरेको हो ।
जातीय तनावका कारण शान्ति सैनिकले खतराको सामना गर्नुपर्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ ।
हिटलरको लुप्त धन
हिटलरलाई धन प्रिय थियो, त्यसले प्राप्त हुने विलासिता र निष्ठा दुवैका लागि धन आवश्यक थियो र उनले अकुत धन जम्मा गरेका थिए । सोभियत सङ्घको सेना घेर्दै नजिक आइसकेको अवस्थामा सन् १९४५ अप्रिल ३० मा बर्लिनमा रहेको आफ्नो ‘बङ्कर’ मा आत्महत्या गरेका हिटलरका बारेमा नै बढी चर्चा गरियो तर उनको आर्थिक कारोबारको कहीँकतै गाइँगुइँ पनि भएन । जर्मनीको एउटा टेलिभिजन च्यानलले हालसालै तयार पारेको एउटा वृत्तचित्रमा हिटलरको धनका बारेमा धेरै कुरा बताइएको छ ।
देश विकासको खाका बनाएर अघि बढौँ : अध्यक्ष नेपाल
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताउनुभएको छ ।
पोटासियमको राम्रो स्रोत केरा
पोटासियमको राम्रो स्रोत हो केरा । शरीरमा ‘इलेक्ट्रोलाइट’ सन्तुलनका लागि पोटासियमको पर्याप्त मात्रा अनिवार्य हुन्छ । यसले सोडियमसँग मिलेर रक्तसञ्चार प्रणालीलाई चुस्त राख्दछ तर
हिमपात हुँदा किसानहरु खुसी
सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ । कात्तिक महिनामा छरेको जेठासी बाली ( जौ, गहुँ र उवा ) उम्रेर पनि सुक्न थालेको समयमा बाक्लो हिमपात भएपछि किसानहरु खुसी भएका छन् । सिमकोट गाउँपालिका– ५ की किसान नन्दकली रावतले ढिलो गरी परेको हिमपात किसानका लागि सुन बराबर मुल्यवान भएको बताउनुभयो । उहाँले जेठासी बाली कतै नउम्रेको त कतै उम्रेर पनि खडेरीले सुक्न थालेको बेला हिमपात भएपछि अब जेठासी बाली जोगिने बताउनुभयो । गत माघमा थोरै परेको हिउँले खासै फरक नपरेको बताउदै रावतले बाक्लो हिमपात भएका कारण किसानका लागि बरदान सावित भएको बताउनुभयो । खार्पुनाथ गाउँपालिका– ४ का किसान बबरजंग हमालले जेठासी बाली मात्र नभएर कात्तिके बाली छर्ने, खनजोत गर्ने समय सुरु हुन थालेको कारण
दोलखाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
दोलखा जिल्लाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र
नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।
जमेको नदीमाथि उत्रियो विमान
रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो । सो विमानमा ३० यात्रु र चार जना चालकदलका सदस्य थिए । यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन ।
जापानको अनैतिक युनिट ७३१
सन् १९३९ देखि १९४५ सम्म विश्वले इतिहासको सबैभन्दा भयङ्कर यस्तो युद्ध देख्यो जसमा ३० भन्दा बढी देश आपसमा कटुता, कलह र रक्तपातको अवस्थामा पुग्दा मच्चिएको लडाइँले संसारभरि १० करोड मानिसको ज्यान गयो । इतिहास साक्षी छ युद्ध त्यस्ता कैयौँ उपकथाले भरिपूर्ण थियो जसका हरेक अध्यायले हाम्रो मानवताको साझा भावना खिल्ली उडाएको देखिन्छ । तर युद्धका सबै मोर्चामध्ये द्वितीय विश्वयुद्ध अवधिमा सबैभन्दा बढी शृङ्खलाबद्ध लडाइँ भएको प्रशान्त क्षेत्रमा भएका कारबाही सोचनीय छन् । इतिहासवेत्ताहरूले लेखेका छन् सन् १९३१ मा मन्चुरिया र सन् १९३७ मा चीनमाथि आक्रमण गरेर जापानले युद्ध थालनी गरेको थियो । यी हमलाले तत्काल यस्तो हलचल र उथलपुथल सुरु भयो जसले चीनको आधारशिला हल्लाइ
तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका– १ गिराउनचौरमा आईतबार राती १२:३० दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भिर घाइते हुनु भएका आँबुखैरेनी–६ बस्ने ५६ बर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएपछि उक्त सङ्ख्या पुगेको हो । यसअघि आबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ बर्षका आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ बर्षकी तुलसी गुरुङको घट्नास्थलमै मृत्यु भएको थियो ।
स्पष्ट नीति नहुँदा अलमलमा परेका छौँ
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकतासाथ योजना सञ्चालन गरिरहेको शिवालय गाउँपालिकाले वडा वडामा विद्युतीकरण, पक्की सडक र अस्पताल निर्माणको कार्यमा समेत ध्यान दिइरहेको छ । भूकम्पपीडितका समस्या सम्बोधन गर्नसमेत पालिकाले योजना बनाएको छ । नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित शेरबहादुर शाहीले आधुनिक खेती प्रविधि, चिया तथा कफी खेतीबाट आर्थिक समृद्धि खोज्ने कार्यमा जोड दिँदै आउनुभएको छ । अध्यक्ष शाहीले भन्नुभयो, “कृषि पेसाबाट जीविकोपार्जन गरिरहेका किसानलाई खाद्य बालीभन्दा नगदे बाली तथा फलफूल खेतीमा लाग्न प्रेरित गर्ने कार्यक्रममा प्राथ
मेलम्ची भ्रष्टाचार प्रकरण
काठमाडौँ उपत्यकामा सीमित स्रोतबाट आपूर्ति गरिँदै आएको खानेपानीले दिनानुदिन बढ्दै गएको जनघनत्वलाई धान्न नसकेर चरम अभाव भइरहेका बेला मेलम्ची आयोजना आशाको त्यान्द्रो बनेर देखा परेको थियो । २०४७ सालको राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँवासीलाई मेलम्चीको पानी ल्याएर खुवाउने वाचा गर्नुहुँदा उहाँमाथि असम्भव कार्यलाई ‘चुनावी नारा’ बनाइएको आरोपसमेत लगाइयो । लामो समय
श्रद्धा र सम्मानको राजनीति
इमानदार र असल आचरणबाट गरेको कर्ममा श्रद्धा हुन्छ । श्रद्धाले सम्मानजनक वातावरण निर्माण गर्छ । गीताले ‘कर्म गर फलको आशा नगर’ भनेको छ । यसको तात्पर्य कर्म गर फल अवश्य प्राप्त हुन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । समाजसेवा वा पेसागत कर्म होस्, मानव कल्याणका लागि उच्चतम लाभको अपेक्षा गरिएको हुन्छ । लोकतन्त्रमा नागरिक अधिकारसहित कल्याणकारी राज्यका लागि राजनीतिक कर्मको चर्चा परिचर्चा हुने गर्छ । राजनीतिले समग्र क्षेत्रको नेतृत्व गर्ने हुँदा श्रद्धा र सम्मानयुक्त वातावरणबाट
प्रजातन्त्र बीजारोपण भएको दिन
प्रजातन्त्रको पर्यायवाची शब्दका रूपमा लोकतन्त्रलाई २०६२/६३ को जनआन्दोलनपछि लिने गरिएको पाइन्छ । नेपालमा राजतन्त्रात्मक प्रणालीको अन्त्य भएसँगै ‘प्रजातन्त्र’ को सट्टा ‘लोकतन्त्र’ शब्द बढी प्रचलनमा आएको छ । संस्कृत भाषामा ‘प्रजा’ भन्नाले ‘लोक’ नै भन्ने बुझिन्छ भने नेपालीमा लोक भनेको आमजनता हुन् । यस अर्थमा प्रजातन्त्रको स्थानमा लोकतन्त्रलाई प्रयोगमा ल्याउँदा पनि खासै फरक चाहिँ पर्दैन । फागुन ६, ७ र ८ गते तीन दिन नै यो वर्ष पनि राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । यी दिन मुलुकका सङ्घ, संस्था, विदेशी नियोग साथै देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । २००७
समाजवादको जग निर्माण
जनताले आत्मचेतनाबाट उद्बोधित भई ‘परम्परागत–जहानियाँ–सामन्ती–निरङ्कुश–राजतन्त्र’ विरुद्ध विगुल फुकेको लामो समय भइसकेको थियो । जनाधिकार प्राप्तिका लागि सशस्त्र सङ्घर्ष तथा आन्दोलनको परिणाम नै ‘प्रजातन्त्र’ हो । जनता प्रजा, दास र रैतीबाट स्वतन्त्र भई नागरिकका रूपमा स्थापित भएको ऐतिहाासिक दिन फागुन ७ लाई स
शिक्षामा सात दशक
गुरुका आश्रममा गएर वा गुरुले भनेका स्थानमा पुगेर शिक्षा आर्जन गर्ने परम्परा थियो । यसलाई गुरुकुल परम्परा भनिन्थ्यो । यसरी शिक्षा आर्जन गर्दा वर्षभरि आवश्यक पर्ने खाद्यान्न लिएर जाने चलन थियो । गुरुले चण्डी, रुद्री, व्याकरण, छन्द, ज्योतिष, वेद, कर्मकाण्ड, साधारण गणित आदि अध्यापन गर्थे । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १९१० सालमा थापाथली दरबारमा अङ्ग्रेजी स्कुल स्थापना गरेपछि बल्ल आधुनिक शिक्षाको जग बसालेको मानिन्छ । प्रधानमन्त्री देवशमशेरका
दुई घण्टा हिँडेपछि बल्ल विद्यालय
मोरङ भन्नेबित्तिकै औसत मानिसको बुझाइ विकसित तराईको जिल्ला, कोशी प्रदेशको राजधानी, धान फल्ने फाँट भएको क्षेत्र बुझिन्छ । यही मोरङका बालबालिका अझै पनि दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन् भन्दा पत्यार नलाग्न सक्छ तर मोरङको केराबारी–५, भकारे र केराबारी–४ को डहरका बालबालिकालाई गाउँको सबैभन्दा नजिकको जनसेवा आधारभूत विद्यालय जान पूरै दुई घण्टा पैदल हिँड्नु पर्छ ।
झोलुङ्गे पुल निर्माणमा ढिलाइ
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका–२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको उपलब्धि ३५ प्रतिशत रहेको छ । सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको सो पुलको लम्बाइ ४६५ मिटर रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु भएको सो पुल कोभिड–१९ का कारण काम रोकिएको थियो । आव २०७८/७९ को सुरुवातीबाट पुनः निर्माण सुरु गरिए पनि रामेछापतर्फको पिल्लर कोल्टिएपछि काम रोकिएको स्थानीयको भनाइ छ ।
स्तम्भ जोगाउन दियो सेड सारियो
लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ । इसापूर्व २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोकस्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणको तथ्य हो । युनेस्को, पुरातत्त्वविद्ले दिएको सुझाव अनुसार लुम्बिनी विकास कोषले अशोकस्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जनाकारी दिनुभयो ।
महेन्द्रपुलमा बन्यो झन्डा पार्क
पोखरा महानगरको करिब मध्यभागमा पर्ने महेन्द्रपुलमा झन्डा पार्क निर्माण भएको छ । पोखरा–९ को महेन्द्रपुलमा पहिलेको सार्वजनिक पुस्तकालयको स्थानमा पार्क बनाइएको हो । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई, जे, के, एल र एमको सहयोगमा करिब ७० लाख रुपियाँ लागतमा पार्क निर्माण भएको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा पार्क उद्घाटन गर्नुभयो ।