• १६ वैशाख २०८१, आइतबार

आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान

blog

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, फागुन ८ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । एसिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली आज बैंकक प्रस्थान गरेको हो ।

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईलगायत हुनुहुन्छ ।

बैंककस्थित संयुक्त राष्ट्रसङ्घको सम्मेलन केन्द्रमा मङ्गलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालीन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षासमेत हुँदैछ ।