मानव अधिकार उल्लङ्घनको घटनामा नौ हजार ३८८ जना पीडित
सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सीतापुष्प वाटिका मणिमण्डपको काम अधुरै
सम्झौता अवधि सकिएको तीन वर्ष बित्दा पनि मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको सीतापुष्प वाटिका अन्तर्गतका कार्य सम्पन्न हुन सकेको छैन ।
सहिद स्मारकमा २२ फिटको राष्ट्रिय झण्डा
प्रजातन्त्र दिवसको अवसर पारेर बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा जिल्लाकै अग्लो झण्डा फहराइएको छ ।
कर्णालीमा खाद्यान्नको चरम अभाव
कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन ।
महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकताबद्ध बनाउँछ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजानेमा विश्वास व्यक्त गर्नुभएको छ ।
असफल व्यक्तिलाई उपकुलपति नियुक्त गरिँदैछ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको बताउनुभएको छ ।
ठक्करबाट घाइते भएका राजवंशीको मृत्यु
झापाको हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते हुनु भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता
आठौँ संस्करणको कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता फागुन १३ देखि १५ गतेसम्म हुने भएको छ ।
स्याङ्जामा पाँच मोटरेबल पुल निर्माण
पूर्वाधार विकास कार्यालय स्याङ्जाले यस आर्थिक वर्षमा पाँच मोटरेबल पुल निर्माण गर्ने भएको छ । पूर्वाधारले चार मोटरेबल पुल निर्माण थालेको छ भने एक पुल निर्माणको अन्तिम तयारीमा छ ।
सुदूरपश्चिम सरकारले बनाएका यस्ता छन् कानुन
एक वर्षको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले १८ वटा कानुन बनाएको छ । प्रदेश सरकारले दुई वटा ऐन, तीन वटा नियमावली, दुई निर्देशिका, आठ कार्यविधि र तीन वटा मापदण्ड गरेर १८ कानुन बनाएको हो ।
विश्वकप क्रिकेट लिग–२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यन्ड्सले नामिबियालाई सात विकेटले हरायो । नेदरल्यान्ड्सको यो पहिलो जित हो ।
सडक खाना महोत्सवमा स्थानीयको चाप
बर्दिबासमा सडक खाना महोत्सवको प्रथम संस्करण सुरु भएको छ । महोत्सवमा स्थानीयको चाप बढेको छ ।
काठमाडौँ–तराई द्रुत मार्ग : सुरुङ निर्माणको काम तीव्र गतिमा
काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमी फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ ।
माझी समुदायले गाउँमै पाए स्वास्थ्य सेवा
स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटका माझी समुदायले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
कांग्रेस महासमिति बैठक सुरु
नेपाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ । पार्टीको आधिकारिक नीति तय गर्नका लागि प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सुरु बैठकको पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।
विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ ।
ढोरपाटन उपत्यकाका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी
अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् ।
कालोपत्रे गरिएको हुम्डे विमानस्थल अलपत्र
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा ९ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ ।
दक्षिण कोरिया सरकारद्वारा आन्दोलनरत चिकित्सकलाई काममा फर्कन निर्देशन
प्रशिक्षार्थी चिकित्सकले चिकित्सा तालिम सुधारको विरोधमा सामूहिक राजीनामा दिएपछि दक्षिण कोरियाले उनीहरूलाई सोमबार काममा फर्कन आदेश दिएको छ ।
राससको सेवा क्षेत्र र गएको एक वर्ष
राष्ट्रिय समाचार समिति (रासस) ६३ वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक क्षणमा राससले नवीनतम प्रविधिको प्रयोगबाट आफ्नो सेवालाई समयानुकूल सुधार गरी प्रतिस्पर्धी बनाउँदै लगेको छ ।
ट्याम्पोको ठक्करबाट बालिकाको मृत्यु
झापामा आइतबार राति भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा बेलुकी ७ बजे ट्याम्पोको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाडेको अवस्थामा पुरुषको शव फेला
कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा शव फेला परेको हो ।
टिप्पर दुर्घटना हुँदा दुईको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ ।
राससका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत
राष्ट्रिय समाचार समिति (रासस) ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ ।