• १५ मंसिर २०८१, शनिबार

स्याङ्जामा पाँच मोटरेबल पुल निर्माण

blog

बिरुवा ६ मा निर्माण हुँदै गैरीघाट मोटरेबल पुल ।

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन ७ गते । पूर्वाधार विकास कार्यालय स्याङ्जाले यस आर्थिक वर्षमा पाँच मोटरेबल पुल निर्माण गर्ने भएको छ । पूर्वाधारले चार मोटरेबल पुल निर्माण थालेको छ भने एक पुल निर्माणको अन्तिम तयारीमा छ । 

पूर्वाधारले गैरीघाट मोटरेबल पुल बिरुवा-६, रातोखोला मोटरेबल पुल गल्याङ-५ पिडीखोलाँ, राक्सेखोला मोटरेबल पुल बिरुवा-१, सिङहाले मोटरेबल पुल पुतलीबजारा-३ निर्माण अगाडि बढेको छ । 

पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले पुतलीबजार नगरपालिका-५ मा पौवेखोला मोटरेबल पुल बोलपत्र आह्वान भएको बताउनभयो । यहाँ निर्माण अगाडि बढाएका सबै पुल सम्झौताको दुई वर्षमा निर्माण सकिने गिरीले बताउनुभयो । ३६ मिटर लम्बाई रहेको गैरीघाट पुल धनथान एमपी जेभीले गत भदौ २१ सम्झौता गरेर निर्माण अगाडि बढाएको हो भने १० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सुन्दर पोखरेलले बताउनुभयो । 

पुल पाँच करोड ५१ लाख ७५ लाख ६६६ रुपियाँ ६४ पैसामा निर्माण हुने पोखरेलले बताउनुभयो । यस्तै, ३० मिटर लामो रातोखोला पुल हिमतारा पूर्वाधार विकास कम्पनी सुनसरीले पाँच करोड ४६ लाख १४ हजार ९७१ रुपियाँ ९० पैसामा निर्माण गर्नेछ । 

राक्सेखोला मोटरेबल पुल चार करोड ९२ लाख ७१ हजार २१ रुपियाँ ५८ पैसामा हिम निर्माण सेवा काठमाडौँले निर्माण गर्ने छ भने पुल ३० मिटर लम्बाई छ । यस्तै, ३० मिटर लम्बाई रहेको सिङहाले पुल चार करोड ५२ लाख ६८ हजार ८४६ रुपियाँ ८७ पैसामा सुयन बुइडल्र्स स्याङ्जाले निर्माण गर्ने छ ।

१५ मिटर लामो पौवेखोला मोटरेबल पुल बोलपत्र आह्वान गरिएको र एक महिनामा सम्झौता भएर काम अगाडि बढ्ने छ । निर्माण हुन पाँच वटै मोटलेबल पुल ८.४ मिटर चौडाइ हुनेछन् ।