• १३ साउन २०८१, आइतबार

माझी समुदायले गाउँमै पाए स्वास्थ्य सेवा

blog

चापाकोट नगरपालिका –८ खोरियाघाट माझी बस्तीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिँदै स्थानीय । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, फागुन ७ गते । स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटका माझी समुदायले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।  

नेपाल प्रहरी श्रीमती सङ्घ गण्डकी प्रदेश पोखराको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यालय चापाकोट समन्वयमा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा ८२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ६४ जना महिला छन् । अस्पतालसम्म पहुँच नपुगेका ग्रामीण बस्तीका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको चापाकोट नगरपालिका उपप्रमुख इसा रानाले जानकारी दिनुभयो ।

माझी बस्तीमा पुगेका विशेषज्ञ चिकित्सकले स्थानीयको नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत र हार्डजोर्नीसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा माझी महिलाको विभिन्न समस्याको बारेमा परामर्श दिइनुको साथै परीक्षण गरिएको नेपाल प्रहरी श्रीमती सङ्घ गण्डकी प्रदेशका अध्यक्ष कमला खनालले जानकारी दिनुभयो । सङ्घले स्थानीय विपन्न परिवारलाई कपडा समेत वितरण गरेको छ ।