• १२ साउन २०८१, शनिबार

महाधिवेशनको तयारीमा जुट्यो जसपा

blog

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको कार्यकारिणी बैठक ।

काठमाडौं, फागुन १० गते । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल आगामी जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको कार्यकारिणी बैठक बसेको हो । बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको महाधिवेशनबारे छलफल भएको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताउनुभयो । उहाँले राजनीतिक समिति, केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको बारेमा पनि समीक्षा हुने जानकारी दिनुभयो ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य अधिकारीले भन्नुभयो, ‘‘केन्द्रीय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ । राजनीतिक समिति, केन्द्रीय समितिको बैठक एक महिनाअघि बसेको थियो । त्यसले गरेको निर्देशहरु कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनको मस्यौदा समिति बनाउने, भौतिक तयारीका कार्यक्रम छन् ।’’

उहाँले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनको मस्यौदा समितिहरु बनाउनेबारेमा पनि छलफल भएको बताउनुभयो ।