• १२ साउन २०८१, शनिबार

काठमाडौं महानगरमा फागुन १६ देखि रुबेला दादुरा खोप अभियान सुरु

blog

काठमाडौं, फागुन १० गते । काठमाडौं महानगरपालिकामा यही फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सुरु हुने भएको छ । महानगरले १६ गतेदेखि दुई चरणमा रुबेला दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो ।

महानगरका अनुसार फागुन १६ गतेदेखि १९ वटा वडा र फागुन २० गतेदेखि १३ वटा वडा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

सरकारले रुबेला दादुराविरुद्धको खोप नियमित खोपमा समावेश गरेर बालबालिकालाई निःशुल्क दिँदै आएको छ । रुबेला दादुरा खोप लगाउन छुटेको वा नियमित तालिकामा खोप लगाउन आएकालाई पनि खोप दिने महानगरले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार खोप अभियानमा प्रयोग हुने सबै खोपहरु सुरक्षित, प्रभावकारी र गुणस्तरी रहेको छ ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको (एचएमआइएस) तथ्याङ्क अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका ४१ हजार ९२ जना बालबालिका छन् ।

चिकित्सकका अनुसार दादुरा रुबेलाका भाइरस मानिसमा सर्दछ । यी भाइरस सङ्क्रमण भएका व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वासनली एवम् अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ ।