• १२ साउन २०८१, शनिबार

क्यानडालाई एक दिवसीय सिरिज

blog

क्यानडाविरुद्ध ब्यानटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन १० गते । नेपाल ‘ए’ विरुद्ध तीन खेलको एक दिवसीय सिरिज क्यानडाले जितेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हरायो । 

क्यानडाले सिरिज २–१ ले कब्जा गरेको हो । यसअघि पहिलो खेलमा क्यानडा चार विकेट तथा दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो । जितका लागि एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।


क्यानडाका लागि निकोलस किर्तोनले ५८ रन बनाउनुभयो । आरोन जोनसनले ४२, नवनित धनिवालले ३८ र निखिल दत्तले १४ रन बनाउनुभयो । बलिङमा नेपालका साहब आलमले चार विकेट लिनुभयो ।  शेर मल्ल र बसिर अहमदले एक एक विकेट झार्नुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाउनुभयो । यस्तै अर्जुन कुमालले २७, बसिर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले समान १९ रन बनाउनुभयो । 


बलिङमा क्यानडाका डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष ठेकरले दुई दुई विकेट लिनुभयो । कप्तान सादविन जफर र कलिम सानाले एक एक विकेट लिनुभयो ।