• १३ साउन २०८१, आइतबार

जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

blog

बालबालिकालाई दादुरा रुबेला खोप लगाइने विषयमा अन्तरक्रिया । तस्बिर: नेत्र शाही

नेत्र शाही 

जुम्ला, फागुन १० गते । जुम्लामा ९ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी सँगको अन्तरक्रियामा नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा पनि दुई चरणमा खोप अभियान सुरु गरिने भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार जुम्लामा पहिलो चरणमा यही फागुन १३ गतेदेखि जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकामा दादुर –रुबेला खोप लगाइने र दोस्रो चरण फागुन १९ गतेदेखि जिल्लाको तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा लगाइने जानकारी गनुभयो । उहाँले सो खोप अभियानमा आफ्ना बालबालिकालाई नछुटाउन अनुरोध गर्नुभयो । उहाँले सो खोप अभियानका लागि निम्तो कार्ड समेत तयार गरी गाउँ गाउँ पुर्‍य ाइने बताउनुभयो । 

कार्यालय प्रमुख सापकोटाका अनुसार जुम्लामा एक सय ६५ खोप केन्द्रमा १० हजार सात सय बालबालिकालाई खोप लगाउने लक्ष्य छ । यस पटक नियमित खोपमा छुट भएका बालबालिकाले समेत अवसर भएकाले नछुटाउन निम्तो दिनुभयो । जनस्वास्थ्य सेवा कार्यालयले यस अभियानका लागि ९० जनालाई तालिम दिइने जानकारी दिएको छ । जनस्वास्थ्य कार्यालयले खोप अभियानमा आई पर्ने केही समस्याका विषयमा पनि चिकित्सकको टिम तयार गर्ने भएको छ । एक टिम जिल्ला सदरमुकाम र एक टिक सिञ्जा क्षेत्रमा चिकित्सकको टिक खटाइने कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अपाङ्गता हुन नदिन खोप लगाइने गरेको बताउँदै रोकथाम सबैभन्दा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यसको प्रचार प्रसारमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो । जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख लग्नमाया भण्डारीले खोप अभियान सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताउनुभयो ।