• १२ मंसिर २०८१, बुधबार

ऊर्जा सङ्क्रमणबारे छलफल गर्न इजिप्टमा अन्तर्राष्ट्रिय सम्मेलन

blog

इजिप्ट, फागुन ८ गते । ऊर्जा सङ्क्रमणका चुनौती र अवसरहरूबारे छलफल गर्न सोमबारदेखि इजिप्टमा अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन सुरु भएको छ । इजिप्ट इनर्जी शो फेब्रुअरी २१ सम्म चल्नेछ । 

यसको उद्देश्य तेल, ग्यास र ऊर्जा क्षेत्रहरूमा नवीनतम प्रविधिहरू र आविष्कारहरू प्रदर्शन गर्ने रहेको बताइएको छ ।  इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले सम्मेलनमा भाग लिने सयौँ विशेषज्ञ र अधिकारीहरूलाई स्वागत गर्नुभयो ।

कार्यक्रमले उच्च लागत र लगानीको साथ टेक्नोलोजीलाई हेरेको बताउनु भयो । इजिप्टका पेट्रोलियम मन्त्री तारेक एल–मोल्लाले विश्वले दिगो विकासको भविष्यलाई खतरामा पार्ने गम्भीर जलवायु परिवर्तनको खतराको सामना गरिरहेको बेला सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले हाइड्रोजन र स्वच्छ ऊर्जा स्रोतहरू प्रयोग गर्ने विश्वव्यापी प्रवृत्तिप्रति इजिप्टको प्रतिविद्धतालाई जोड दिँदै इजिप्ट २०२४ ले ऊर्जा क्षेत्र र यसमा संलग्न मानव संसाधनको लागि राम्रो भविष्य बनाउन मद्दत गर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा निष्पक्ष र सुरक्षित ऊर्जा सङ्क्रमण हासिल गर्न अफ्रिकी देशहरूलाई थप सहायता र सफ्ट फाइनान्सिङका लागि आग्रह पनि गर्नुभयो ।

सम्मेलनमा ऊर्जा सुरक्षा, डिकार्बोनाइजेशन, डिजिटलाइजेसन, इनोभेसन, लगानी र मानव पुँजीलगायत छवटा मुख्य विषयहरू समेट्ने गरी ८० भन्दा बढी सत्र र ३०० वक्ताहरू सहभागी हुनेछन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल