कोलम्बो, फागुन ८ गते । जनवरी महिनामा ६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
उहाँले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्का गएको बताउनुभएको छ ।
मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जनाकारी दिनुभएको छ ।
नानायक्काराले गत वर्ष एक हजार ७० श्रीलङ्काली हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिनुभएको छ । इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ । रासस/सिन्ह्वा