• १७ वैशाख २०८२, बुधबार

धादिङमा बजार अनुगमन तीव्र

blog

मुरारी अधिकारी

धादिङ, फागुन ८ गते । जिल्ला अनुगमन समिति धादिङले बजार अनुगमनलाई तीव्र बनाएको छ । जिल्लाको विभिन्न स्थानका फर्म, सहकारी, एग्रोभेटहरुमा अनुगमन गरिरहेको हो । 

समितिले बेनीघाट रोराङ गाउँपालिकाको विभिन्न स्थानमा रहेको कृषि सहकारी र एग्रोभट गरी १४ वटामा अनुगमन गरेको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । अनुगनको क्रममा किसानलाई बिउँविजन विक्री वितरण गर्ने एक कृषि सहकारी र दुई एग्रोभेट कारबाहीमा परेका छन् । पराजुलीका अनुसार बेनीघाट रोराङ गाउँपालिका–९ मा रहेको जनभावना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई २० हजार जरिवाना गरिएको छ । 

बेनिघाटरोराङ गाउँपालिका– ७ मा रहको इन्द्र भेटेनरी सेन्टरलाई १० हजार र बेनिघाटरोराङ गाउँपालिका– १० मा रहेको मनकामना भेट एण्ड एग्रोभेटलाई ५ हजार जरिवाना गरिएको उहाँले बताउनुभयो ।

यसअघि गाउँपालिकाबाट अनुगमनका क्रममा दिइएको निर्देशनहरू पालना नगरेको, खरिद बिल नभएको, म्याद नाघेको बिउँविजन तथा विषादी बिक्रीको लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको अनुगमन समितिका संयोजक पराजुलीले बताउनुभयो । अनुगमनका क्रममा करिब ७५ हजार रूपियाँ बराबरको म्याद नाघेको विषादी तथा बिउविजन जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताउनुभयो । 

त्यस्तै ११ वटा फर्मलाई सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।