• १० मंसिर २०८१, सोमबार

‘घरज्वाइँ’ को छायाङ्कन

blog

रुकुमपूर्व समाचारदाता  

रुकुमपूर्व, फागुन ८ गते ।  चलचित्र ‘घरज्वाइँ’ को छायाङ्कन रुकुमपूर्वको भूमे गाउँपालिका–१,लुगुमगाउँबाट सुरु गरिएको छ ।  अनिल बुढामगरको लेखन र निर्देशनमा चलचित्रको छायाङ्कन सुरु भएको हो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रको छायाङ्कन ढोरपाटन आसपासका रमणीय स्थानमा पनि गरिने भएको छ ।  

मगर समुदायको कथाव्यथा समेटेर चलचित्र बन्ने भएको छ । चलचित्रमा सुसन प्रजापतीको छायाङ्कन, हर्क साउद र मनोज थापाको शब्द÷सङ्गीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।