नेत्रहीन क्रिकेटमा कर्णाली प्रदेश विजयी
नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।
नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित
नेपाल भ्रमणमा रहेको क्यानडासँगको मैत्रीपूर्ण एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भयो ।
पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना
बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो ।
विद्यार्थीले बनाए अटोचार्ज विद्युतीय मोटरसाइकल
बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत दुई विद्यार्थी मिलेर अटोचार्ज विद्युतीय मोटरसाइकल बनाएका छन् ।
मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाए : सांसद चौधरी
नेकपा (एमाले) का सांसद भगवती चौधरीले मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाएको बताउनुभएको छ ।
मिलापत्र गर्न सकिने विषय फितलो भयो : सांसद चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले मिलापत्र गर्न सकिने कुरालाई फितलो रूपमा विधेयकमा प्रस्तुत गरिएको बताउनुभएको छ ।
महिलाले गराए पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ का महिलाले पाठेघर क्यान्सर रोग पत्ता लगाउन आयोजना गरिएको निःशुल्क स्क्रिनीङ्गमा २३६ जना महिलाले परीक्षण गराएका छन् ।
एकै व्यक्ति वा समूहमा वित्तीय संस्था रहँदा अर्थतन्त्र समस्यामा : सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एकै व्यक्ति वा समूहको बैङ्क वित्तीय संस्थामा स्वामित्व र व्यवसायी हुँदा अर्थतन्त्र धराशायी बनेको बताउनुभएको छ ।
सबै समुदायको चाड पर्वहरूलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो : मुख्यमन्त्री कार्की
कोशी मुख्यमन्त्री केदार कार्कीले माझी जातिले मान्दै आएको आफ्नो मौलिक परम्परागत पर्व कोशी पूजाको अवसरमा बिदा दिने सम्बन्धमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
गोरखामा महिलाको शव फेला
गोरखाको मर्स्याङ्दी नदी किनारमा एक महिलाको शव फेला परेको छ । फेला परेकी महिला लमजुङको राईनास नगरपालिका-८ की ५५ वर्षीय लीला सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मुलुकको अर्थतन्त्र सङ्कटमुक्त भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताउनुभएको छ ।
हिमाल संरक्षणका लागि विश्व समुदायलाई आग्रह
विश्वको सर्वोच्च शिखर सगरमाथासमेत रहेको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले निम्तिएका सङ्कटलाई गम्भीर रूपमा लिन आग्रह गरिएको छ ।
भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरूलाई सफाइ दिन नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताउनुभएको हो ।
'ताप्लेजुङको शिरैमा सेतो जुहार' सार्वजनिक
नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित कलाकार मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार..’ बोलको गीतको वृतचित्र (म्युजिक भिडियो) सार्वजनिक भएको छ ।
रौतहटकाे ईशनाथमा कर्फ्यु जारी
स्थानीय प्रसाशनले दुई पक्षबिचको झडप नियन्त्रण गर्न लगाएको कर्फ्यु आइतबार पनि जारी राखेको छ ।
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभएको छ ।
निर्धारित कोटाको ५७ प्रतिशत खाद्यान्न ढुवानी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न दुई महिनाको अवधिमा ५७ प्रतिशतभन्दा बढी ढुवानी भएको पाइएको छ ।
चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताउनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना
सांसद र नगरप्रमुख एवम् उपप्रमुख लगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभयो ।
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्दलाई
धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका भोजपुरले उचालेको छ । सहिदभुमीको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउदै उपाधि जितेको हो । विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपैया हात पारेको छ भने उपबिजेता दमक नगरपालिकाले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
विद्यार्थी पढाउँछन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको काम कर्तव्य विद्यालयको प्रशासनलगायतका गतिविधि हेर्ने र विद्यालय राम्रो बनाउने हो । पुतलीबजार नगरपालिका वडा नं ३ कुमाल गाउँमा रहेको काजिमान हरिटीका माबिको व्यवस्थापन समितिका अध्यक्ष ई अनुप श्रेष्ठले भने पढाउन पनि थाल्नु भएको छ ।
प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग प्रश्नोत्तर (प्रत्यक्ष प्रशारण)
प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुने छ ।
समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द
समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।