• १५ मंसिर २०८१, शनिबार

गोरखामा महिलाको शव फेला

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन ६ गते । गोरखाको मर्स्याङ्दी नदी किनारमा एक महिलाको शव फेला परेको छ । फेला परेकी महिला लमजुङको राईनास नगरपालिका-८ की ५५ वर्षीय लीला सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृत शरीर शनिबार बेलुका पालुङटार नगरपालिका-७ को सतिघाटमा फेला परेको फेला परेको हो । मृतक महिला लामो समयदेखि माइती घरमा बस्दै आएको पाइएको छ । यही माघ २५ गते बिहीबारदेखि बेपत्ता भएकी माइती पक्षले जानकारी गराएको प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ । 

प्राप्त भएको शव हिजो बेलुका साँझ नै गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उहाँको आइतबार आज पोष्टमार्टम लगत्तै माइती पक्षलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

मृतक लीला सुनारको माइती पक्षले शव पहिचान गरेर आज आइतबार नै जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएको पनि प्रहरीले जानकारी दिएको छ । जाहेरी पछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।