• १३ मंसिर २०८१, बिहिबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

blog

लीलाधर वली

घोराही, फागुन ६ गते । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका-१ निवासी २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको हो । 

दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका पुनको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते हुनुभएको छ । 

पुनको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुबै जना घोराही उपमहानगरपालिका-१८ मा डेरा गरी बस्दै आउनुभएको थियो ।