‘बजेट अभावले काम गर्न सकिएन’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बजेट अभावका कारण प्रतिष्ठानले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एकवर्षे कार्यप्रगति सार्वजनिक गर्ने क्रममा उहाँले बजेट अभावले गर्दा सिर्जनात्मक र रचनात्मक काम गर्न नसकिएको बताउनुभयो । चालु आर्थिक वर्षको अवस्थालाई हेरेर आगामी वर्षका लागि १८ करोडभन्दा बढीको कार्ययोजना पेस गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा–प्रतिष्ठानलाई चलायमान बनाउन सकिने उहाँको भनाइ छ ।
इन्धनबाट चालिस अर्ब सडक मर्मत शुल्क
आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो । सरकारले सडक मर्मत दस्तुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ ।
बालकुमारी घटनाको निष्कर्ष कार्यान्वयन हुने
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्ष कार्यान्वयन गरिने बताउनुभयो ।
कल्याणकारी कोषबाट २२ हजार प्रहरी लाभान्वित
नेपाल प्रहरीले सञ्चालन गरेको कल्याणकारी कोषबाट २२ हजार ८३३ प्रहरी र आश्रित परिवार लाभान्वित भएका छन् । कोषमा सङ्कलन भएको रकमबाट प्रहरीले बहालवाला र सेवानिवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर सहिद प्रहरी परिवारका सदस्यलाई विभिन्न प्रकारका सुविधा दिने गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले कोषको रकम पारदर्शी रूपमा विभिन्न प्रकारका सुविधासहित पूर्वाधार विकास र विस्तारमा उपयोग गरिएको जानकारी दिनुभयो ।
कर्मचारी कानुन निर्माणमा सकस
सङ्घीय निजामती सेवा विधेयक मन्त्रीपरिषद्बाट अनुमोदन भए पनि अलपत्र परेको छ । सो विधेयक मन्त्रीपरिषद्ले गत भदौ २१ गते संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । पाँच महिनायता विधेयक कुन अवस्थामा छ भन्नेबारेमा कुनै पनि निकाय आधिकारिक जवाफ दिने अवस्थामा छैनन् । मन्त्रीपरिषद्बाट अनुमोदन भएलगत्तै स्थानीय तहका कर्मचारीको आन्दोलनलगायतका कारण सरकारले विधेयकलाई दर्ताको प्रक्रियामा लैजान सकेन । विगतदेखि नै कर्मचारी सङ्गठन र स्वार्थ समूहको दबाबसमेतले कानुन पारित गर्न संसद्लाई सधैँ सकस पर्ने गरेको छ । दर्ता अनुमति पाएपछि दर्ता हुन नसक्नु मात्र हैन, संसद्मा पुगेपछि पनि कर्मचारीसँग सम्बन्धित विधेयक अघि बढाउन निकै सङ्घर्ष गर्नुपरेका दृष्टान्त छन् ।
शिक्षा क्षेत्रमा विशेष योगदान दिनेहरू सम्मानित
शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो ।
सुदूरपश्चिमबाटै शेयर निस्काशन गरौंः मन्त्री शाही
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले यहीका व्यवसायीले शेयर निस्कासन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिन निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य क्षेत्रमा जनतालाई सहजरुपमा गुणस्तरीय सेवा दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिनु भएको छ ।
गोरखामा दुई घर जलेर नष्ट
बारपाक सुलीकोट गाउँपालिका– ४ रन्चोकमा शनिबार अपरान्ह साढे १२ बजे शुकबहादु गुरुङ र शुकपाल गुरुङको घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
चुनौतीविच नयाँ उँचाइ हासिल गर्नुछ : बरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन चुनौती धेरै रहे पनि त्यसमा टेकेर नयाँ उँचाइ हासिल गर्नुपर्ने आवश्यकता रहेको उहाँले चर्चा गर्नुभयो ।
राष्ट्रिय दबुद्वारा सम्पादक सल्लाहकार महर्जन सम्मानित
नेवाः पत्रकार राष्ट्रिय दबूले १२ औँ वार्षिक साधारण सभामा शनिबार नेपालभाषा, संस्कृति प्रवर्द्धन तथा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिएको भन्दै गोरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जनलाई विशेष सम्मान गरेको छ।
सरकार जनतामा आशा जगाउन सफल : उपमहासचिव पुन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ ।
अर्चलबोटमा निःशुल्क स्वास्थ्य शिविर
दोर्दी गाउँपालिका-२ अर्चलबोटमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । रोट्रयाट क्लब अफ नारायणगढ र रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजनामा लक्ष्मीनारायण मावि पिपलभञ्ज्याङमा सञ्चालन भएको शिविरको उदघाटन गर्दै सांसद उर्मिला माझीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।
वातावरणीय जागरणका लागि अध्यक्ष ओलीको गुह्येश्वरी-धाप बाँध यात्रा
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी-धाप बाँधको यात्रा गर्नुभएको छ । एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति-गुह्येश्वरीबाट बागमती करिडोर-सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो ।
चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु
चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताउनुभयो ।
कागेश्वरी मनोहरा पर्यटन महोत्सव फागुन ७ गते हुने
कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले यही फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।
समसीमा दुई पक्षबिच झडप, प्रहरीद्वारा चार राउण्ड हवाई फायर
सीमावर्ती गाउँपालिका समसी–२ स्थित पर्सा गाउँमा हवाई फायर भएको छ । शनिबार अपराह्न सो गाउँमा दुई पक्षबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको हो ।
दक्षिण इजरायलमा गोली चल्दा दुई जनाको मृत्यु
दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको इजरायली प्रहरी र आपत्कालीन सेवाले जनाएको छ ।
कानुन व्यवसायीहरूसँग कुलपति राई
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व’ विषयक अन्तरविमर्श कार्यक्रम रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा सम्पन्न भएको थियो ।
अमेरिका र चीनका विदेशमन्त्रीबिच म्युनिखमा ‘रचनात्मक’ वार्ता
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबिच म्युनिख सुरक्षा सम्मेलनका क्रममा शुक्रबार भएको भेटवार्तामा ‘स्पष्ट र रचनात्मक’ छलफल भएको बताइएको छ ।
पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधिमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । पोखरा रङ्गशालाबाट शनिबार बिहान सुरु भएको १८औँ संस्करणको यो म्याराथनमा जुलियस मरुयाली वाहोम पहिलो हुनुभयो ।
इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो
इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको इजिप्टका सामाजिक एकता मन्त्री निभिन एल–कब्बागले शुक्रबार बताउनुभयो ।
कनकाईमा साहित्य महोत्सव हुँदै
झापा कनकाई नगरपालिका सुरुङ्गामा आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म तीन दिनसम्म प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ ।
ईयूले नाइजेरियाको ऊर्जा क्षेत्रमा चार करोड डलर लगानी गर्ने
युरोपियन सङ्घ (ईयू) ले शुक्रबार नाइजेरियाको ऊर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार युरो (करिब ४० मिलियन अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता गरेको छ ।